व्यावसायिक बन्ने काइदा



 

पत्रकार व्यावसायिक र स्वतन्त्र कसरी हुने भन्ने बारेमा लामो समयदेखि बहस भइरहेको धरहराले देखेको छ। तर, नेपाल पत्रकार महासंघको महाधिवेशन निकट आइरहेका बेलामा पत्रकारलाई व्यावसायिक र स्वतन्त्र बनाउने काइदाको उपाय धरहराले फेला पारेको छ। कुरा के भने नि पाठकवृन्द, विभिन्न राजनीतिक पार्टीका भ्रातृ संगठनका रूपमा रहेका पत्रकारसम्बन्धी संगठनबाट ज–जसले टिकटको दाबी गरेका छन्, उनीहरूले पाएनन् भने भोलिपल्टैबाट खाँट्टीको व्यावसायिक पत्रकार। लु जा।

यति सजिलो उपाय हुँदाहुँदै पनि हामी किन व्यावसायिक पत्रकारको नाममा अल्मलिने होला? संगठनहरूले कसैलाई पनि टिकट दिएन भने त सबै व्यावसायिक पत्रकार बन्ने निश्चित नै रहेछ त। अनि के माथापच्ची गरिरहनु होउ। त्यसपछि त राजनीतिको छायामा पत्रकारिता भन्ने आरोप पनि नलाग्ला। त्यसो गरे कसो होला? पाठकवृन्दको कुनै सुझाव भए पाऊँ है।

 

प्रतिक्रिया दिनुहोस्