बाढीपीडित जंगलमा



 

हेटौंडा, (नेस)
बाढी र पहिरोबाट मनहरी गाउँपालिकाको वडा नं. ४, २, ६ र ७ बढी मात्रामा प्रभावित भएको छ। वडा नं ४ को मसिने ट्वाङ्ग्रा चेपाङ प्रावि च्वाँरपाखालगायत स्थानमा करिब ५० घर विस्थापित भएर नजिकको जंगल, चेपाङ प्राविलगायत स्थानमा पाल टाँगेर बसेका छन्। मूलखोला, ठाडोखोला र गोगनपानीलगायत स्थानको पनि स्थिति दयनीय छ।

रमौली प्रतापपुर जलमग्न छ भने ५० घर विस्थापित छन्। भू–क्षय, पहिरो तथा जमिन भासिएर मनहरी गाउँपालिकामा करिब १ सय ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। उनीहरूको पुनस्र्थापनाका लागि अन्य भूगोलको समेत आवश्यकता पर्ने देखिएको छ। विस्थापित समुदायका लागि राहत तथा पुनस्र्थापनामा हातेमालो गर्न सम्बद्ध सबैमा मनहरी गाउँपालिकाले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्