महोत्तरीमा हालसम्म चारको मृत्यु



लक्ष्मी कुमार साह, महोत्तरी ।
बाढीले थप महोत्तरीमा एकको मृत्यु भएको छ । भंगहा ७ स्थित बाढीको पानीमा विधुतको नांगो तारका कारणले करेन्ट लागेर ४० वर्षीय महेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार भंगहामा आफ्नै घरनजिकै रहेको किराना पसलको पछाडि करिब तीन फिट बाढीको पानीमा आफ्नो भैसीलाई समात्न जाँदा पानी नजिकै रहेको विधुतको निजी नांगो तार शरिरमा टाँसिदा घटनास्थलमै उनको मृत्यु भएको हो ।

यस अघि जलेश्वर २ निवासी १५ वर्षीय विक्की ठाकुर, धनुषा जिल्ला घर भई छोरीको घर जलेश्वर ८ बजराही आएका शिव महरा र माछामार्ने क्रममा लोहारपट्टी १ का ईन्दल महराको बाढीमा बगेर मृत्यु भएको हो । हालसम्म महोत्तरीमा बाढीका कारण चार जनाको मृत्यु भईसकेको छ भने ३ सय ४७ जनाको घर पूर्ण क्षति भइसकेको प्रहरीको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्