रितिज र दीक्षालाई स्वर्ण



 

काठमाडौं, (नेस)
रितिज जोशी र दीक्षा तामाङले १२औं हरेराम जोशी स्मृति पिज्जा कटर खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ सोमबार स्वर्ण जितेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा रितिजले राजिव चिकन्बन्जारलाई ११–७, ११–५, ११–९, ९–११ र ११–७ को सेटमा पराजित गरे। महिला सिंगल्स फाइनलमा दीक्षाले दीक्षा दाहाललाई ४–१ सेटमा हराइन्।

ब्वाइज यु–१६ सिंगल्सको उपाधि आदर्श विद्या मन्दिर (एभीएम) का संयोजक कपालीले जिते। संयोगले फाइनलमा प्रोक्सिमाका रेखन तामाङलाई ११–९, ११–३ र ११–७ को सोझो सेटमा पाखा लगाए। यसअघि सो स्पर्धाको गल्र्समा प्रभातकी मञ्जु सुवाल विजेता बनेकी थिइन्।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा एनआईसी एकेडेमीकी समीक्षा भट्टराई पहिलो भइन्। फाइनलमा समीक्षाले युलेन्सकी शुभश्री श्रेष्ठलाई पाखा लगाइन्।

त्यस्तै भेट्रानतर्फ सिंगल्सको पुरुष ४० वर्षमाथि विकेन थापा, ५० वर्षमाथि कपुर शर्मा, ६० वर्षमाथि गोबद्र्धन श्रेष्ठ तथा महिलामा इन्दिरा पौडेल पराजुली पहिलो भए।

विजेतालाई ऊर्जामन्त्री मोहनबहादुर शाही, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा २ सय ७५ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्