भोलिदेखि नेपालको मनसुन निस्कृय बन्दै, मनसुन सक्रिय बनाउने प्रणाली भारत सर्यो



टीका बन्धन, काठमाडौं । गत सातादेखि मुलुकभर सक्रिय बनेको मनसुन भोली मंगलबारदेखि कमजोर बन्दैछ । वर्षा सक्रिय गराउने प्रणाली ९न्यून चापिय रेखा० भारतीय भू–भाग तर्फ सर्ने क्रममा रहेकाले मनसुन कमजोर बन्ने मौसमविद्हरुले बताएका छन् ।

 

मंगलबारदेखि मुलुकभर मनसुनी गतिविधी कमजोर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो । ‘पूर्व तर्फको न्यून चापिय रेखा सोमवार दिउँसोदेखि भारतको पटना र पश्चिम बंगालतर्फ सरिसकेको छ, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘पश्चिमी क्षेत्रमा रहेको न्यून चापिय रेखा ‘चुरिया रेञ्ज’मा रहेपनि त्यो कमजोर अवस्थामा छ ।’ चुरे क्षेत्रमा स्थिर रहेको न्यून चापिय रेखा पनि मंगलबार विहानदेखि भारतीय भू–भागको उत्तर प्रदेश र राजस्थान तर्फ सर्नेक्रममा रहेको रिमालले जानकारी दिनुभयो ।

 

पश्चिमी क्षेत्रमा आज सोमबार साँझ र राती मध्यम स्तरको वर्षाको प्रभाव भने रहने महाशाखाले जनाएको छ । मनसुनको अवधि अझै १ महिना भन्दा बढी बाँकी रहेकाले क्षणिक, हल्का र मध्यम स्तरको वर्षाको गतिविधी भने दोहोरिने महाशाखाले प्रष्ट्याएको छ । ‘तत्कालका लागि भारी वर्षाको संभावना छैन, तर मनसुन अवधि बाँकी रहेकाले हल्का र मध्यम स्तरको वर्षा हुन्छ, जुन स्वभाविक पनि हो’–सो शाखाका अर्का मौसमविद्ले भने ।

प्रतिक्रिया दिनुहोस्