उच्च वर्षाका बीचमा पनि पर्वतमा मतदाता थपिने क्रम तिब्र



नेपाल समाचारपत्र,पर्वत
पहिलो चरणको स्थानिय तहको निर्बाचन पछि पर्वतमा साढे पाँच हजार मतदाता थपिएका छन ।

जिल्ला निर्वाचन कार्यालयले पर्वतका सात वटै स्थानिय तहमा पुगेर मतदाता नामावली संकलन गर्ने क्रममा ५ हजार ५ सय ४१ जना मतदाता थप भएका हुन ।

कार्यालयले दिएको जानकारी अनुसार पर्बतका ७ वटै स्थानिय तहमा अहिले धमाधम मतदाता नामबली संकलन कार्य जारी रहेको छ । पर्बतका ७ वटै स्थानिय तहमा संकलीत नामबली अनुसार अहलिे सम्म २ हजार ६ सय ५० महिला र २ हजार ८ सय ९१ पुरुष गरी जम्मा ५ हजार ५ सय ४१ जनाले मतदाता थपिएका छन ।

कुस्मा नगरपालिका बाहेक सबै तहमाा अहिले पनि नामावली संकलनको काम भैरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले देशैभरी मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुको लागि साउन १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा नै टोली खटाउने निर्णय गरेको थियो ।

दुई हप्ता सम्म जिल्ला निर्बाचन कार्यलयबाट नै छुटेका मतदाताहरुको फोटो सहित विवरण संकलन गरेर मतदाता नामवली संकलन गरेपनि कार्यलयले २ हप्ता पछि कुश्मा नगरपालिका बाहेक ६ स्थानिय तहमा टोली परिचालन गरी गरेको छ ।

गाउँमा नेपाली नागरिकता नभएका कारण मतदाता हुनबाट छुटेकाहरुका लागि स्थानिय तहमा नै पुगेर नागरिकता समेत बितरण भएको छ ।

जिल्ला प्रशासन कार्यालयले मतदाता परिचयपत्र टोली संगै फलेबास नगरपालिका तथा महासिला, बिहादी, मोदी, जलजला र पैंयु गाउँपालिकामा पुगेर ९ सय ३३ वटा नागरिकता बितरण गरेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

मतदाता परिचयपत्र बनाउन नागरिकता अनिर्वाय भएका कारण नागरिकता नलिएका कारण मतदानबाट बञ्चित नगराउन गाउँमै पुगेर नागरिकता बितरण गरिएको पन्थीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्