कि कसो डा. साब ?



 

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै डा. गोविन्द केसीको अनशन तीन साता नाघिसकेको छ। स्वास्थ्य क्षेत्रको सुधारका लागि उहाँले जायज माग राखेर आन्दोलन गरिरहनुभए पनि अहिले तराई डुबानमा र पहाड पहिरोमा परेको बेलामा आन्दोलनको कार्यक्रम पुनर्विचार गर्नुपर्ने हो कि ? सरकारले उहाँको माग सुन्नुपथ्र्यो तर पूर्णरूपमा सुनेन।

यो सरकारको गल्ती हो। तर, सरकारले गल्ती गर्यो भनेर डा. केसीजस्तो प्रबुद्ध व्यक्तिले पनि मुलुक भयानक प्राकृतिक विपत्तिमा परेको बेलामा गैरजिम्बेवार बन्न मिल्दैन। उहाँको समर्थनमा रहेका होनहार चिकित्सक र युवाहरूलाई राजधानीमा अल्मल्याउनेभन्दा पनि उद्धारतिर खटाउने हो कि ?

मुलुक सामान्य अवस्थामा आएपछि मागका बारेमा फेरि कुरा गर्दै गरुम्ला। अहिलेलाई चाहिँ ध्यान विपद् व्यवस्थापनतिर पो लाउने हो कि ? के छ डा. साबको विचार ? धरहरालाई आशा छ कि उहाँले आफ्नो आन्दोलन टुंग्याउन बरु अबेर गर्नुहुनेछैन।

प्रतिक्रिया दिनुहोस्