स्थानीय प्रशासन समेत पुग्न नसकेको बाढी प्रभावित क्षेत्रमा पुगे सिताराम कट्टेल ‘धुर्मुस’



नेपाल समाचारपत्र, काठमाडौ ।
चर्चित हाँस्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ बाढीले प्रभावित भएका जिल्लामा राहतका लागि पुगेका छन् । ‘धुर्मुस सुन्तली फाउन्डेशन’ का तर्फबाट सहयोगमा जुट्नका लागि आफू अहिले महोत्तरी पुगेका हुन् । उनले औषधी, खाद्यान्न, त्रिपालसहित आफू बाढी प्रभावित सबै क्षेत्रमा पुग्ने र राहत वितरण गर्न त्यसतर्फ लागेको बताइएको छ ।

महोत्तरी, रौतहट, सिराहा, सप्तरी, इटहरी, मोरङ, झापा, विर्तामोड लगायतका क्षेत्र प्रभावित भएका छन् । यी सबै क्षेत्रमा पुगेर तत्काल गर्नुपर्ने सहयोग गर्ने उनले बताएका छन् ।
उनले सबै कलाकार र सहयोगी दाताहरुलाइ यो अभियानमा सहयोग गर्न र एकजुट भएर अगाडि बढ्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्