मधेस डुब्दा कता हजुर?



 

बाढी र पहिरोले अहिले मुलुक आक्रान्त बनेको छ। पहाडी भेगमा पहिरोको चपेटामा जनता परेका छन् भने तराई क्षेत्रमा डुबानको समश्या छ। जुन ज्यादै दुःखपूर्ण अवस्था हो। मधेसलाई गाह्रो पर्दा पहाड वा हिमालले सघाउनुपर्छ र हिमाल वा पहाडमा अप्ठेरो पर्दा तराईले सघाउनुपर्छ र सघाइरहेको अवस्था पनि हो। यी भू–भाग एउटै शरीरका अंग भएकाले जता अप्ठेरो पर्दा पनि नेपाली मन दुख्ने गरेको छ। यो स्वभाविक पनि हो। किनकि जुन अंगमा घाउ भए पनि शरीरलाई असजिलो हुन्छ।

फोहोरी राजनीतिले कहिलेकाहीं विवाद ल्याउने गरेको छ। धरहराले हिजो दूरबिन तराईका जिल्लाहरूमा केन्द्रित गर्दा मधेस केन्द्रित दलको चरोमुसो पनि त्यता देखेन। जनता सजिलोमा भएको बेलामा मधेसतिरका नेताहरू तिनै मधेसी जनतालाई भजाउन पछि पर्दैनन् तर अप्ठेरोमा परेको बेलामा त उनीहरू राजधानीमा नै पो आराम गरिरहेका देखियो। मधेसका शीर्ष नेता त हिजो शनिबार दिनभरि देखेकोनदेखेकै गरेको पो पाइयो।

लु न लोकलाजकै लागि पनि जनताको उद्धार कार्यमा खटिनु पर्यो महाशयहरू। नत्र त फेरि अप्ठेरामा परेका बेलामा जनतालाई बेवास्ता गर्ने हो भनेपछि सजिलोमा भएको बेलामा सहयोग माग्न जानुभयो भने त मधेसी जनताले लखेट्लान् है। बरु चाँडोभन्दा चाँडो त्यता पुगेर उद्धार र राहत वितरणमा संलग्न भइहालौं।

प्रतिक्रिया दिनुहोस्