डा. केसीका समर्थकले घेरे अध्यक्ष ओलीको घर



पुष्कर बुढाथोकी, भक्तपुर ।
अनसनरत डाक्टर गोविन्द केसीका माग पुरा गर्न दबाब दिँदै डा. केसीका समर्थकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट निवास घेराउ गरेका छन् । २० दिनदेखि अनसनमा बसेका डाक्टर केसीका माग पूरा गर्न शीर्ष नेताहरुले नै चासो नदिएको भन्दै डा.केसीका समर्थकले ओली निवास वालकोट घेरेका हुन् ।

 

करिब सय जनाको संख्यामा आएका केसीका समर्थकले ओली निवास बाहिर आधा घण्टा चर्को नाराबाजीसहित प्रदर्शन गरेका थिए । सोलिडारिटी फर डाक्टर गोविन्द केसी, विवेकशील साझा पार्टीलगायतका संघसंस्थाका कार्यकर्ताले सांकितिक रुपमा डा.केसीका माग पुरा गर्न दबाब दिने उदेश्यले अध्यक्ष ओलीको घर घेराउ गरिएको विवेकशील साझापार्टीका नेता मिलन पाण्डेले बताउनुभयो ।

 

घेराउका समयमा अध्यक्ष ओली भने निवासमा हुनुहुन्न्थ्यो । उहाँहावाबाट निकालिएको विजुलीको उद्घाटन गर्न आज मुस्ताङ जानुभएको छ । डाक्टर केसीकामाग पूरा गर्न दवावदिँदै आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाट घेराउको तयारी भैरहेको पनि आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्