मध्यपुरमा ईन्द्र–अप्सरा नाच सुरु



पुष्कर बुढाथोकी, भक्तपुर ।
मल्लकालिन राजा रणजीत मल्लको पालादेखि सुरु भई लोपोन्मुख अबस्थामा पुगेको ईन्द्र–अप्सरा नाच शनिबारबाट मध्यपुरमा सुरु भएको छ । परम्परागत रुपमा गाईजात्राको भोलीपल्टदेखि चारदिनसम्म नाचिदै आएको यो नाच केहिवर्ष अघिदेखि भने कहिले चारदिन त एक दिन मात्रै नाचिदै आएको छ ।

यसवर्ष भने एकदिन मात्रै प्रर्दशन गरिने यो नाच मध्यपुरथिमि नगरपालिका वडा नं. ४ मरुटोलका राजेन्द्र कायस्थको घरबाट सुरु भएको हो । ईन्द्र अप्सरा नाच बालकुमारीहुदै गुंगचुवासम्म पुगेर प्रर्दशन गरिएको छ । स्थानीयले आफ्नो टोलटोलमा प्रर्दशन गर्न बोलाएमा लैजाने परम्परा रहेको र नाच मध्यरातीसम्म चल्ने उहाँले बताउनुभयो ।

पौराणिक कथन अनुसार पाँच पाण्डब गुप्तबास बसेर स्वर्गमा गएपछि देवराज ईन्द्रको दरबारमा अर्जुनले राजकुमार भएर अप्सरासंग नाचेको थिए । सोही कथन अनुसार यो नाच चल्दै आएपनि आर्थिक अभावका कारण नाच नियमित चार दिनसम्म संचालनमा आउन नसकि लोपोन्मुख अबस्थामा पुगेको छ ।

यो नाचमा गोप्रदीका रुपमा गुरु रहेका हुन्छन् भने अन्य अप्सराहरु तीनदेखि चारजनासम्म रहने नृत्य गुरु ज्ञानलाल कायस्थले बताउनुभयो । यो नाचमा दाफा खिं, हारमोनियम, बाँसुरी, टाः, झ्याली बाजा बजाउने गरिन्छ । बाजाको ताल अनुसार यो नाच नाचिने र बाजा कै तालमा ईन्द्र अप्सराको कथा हुने बाद्य गुरु कृष्णमान बाँके श्रेष्ठले जानकारी दिनुभयो ।

यसवर्षको नाचमा गोप्रादीको भूमिकामा यूनिक म्होपु, राजकुमारका भूमिकामा श्रीस म्होपु, अप्सराको भूमिकामा आईसा, सिप्रना र एन्जिला श्रेष्ठले नाच्ने भएका छन् । विशेषगरी मरु टोलमा मानिसको मृत्यु भएका कुनै घरबाट निकालेर चारदिनसम्म चलाउने र चारदिन चलाउन कोही तयार नभए नाच सिकाएकै घरबाट गाईजात्राको चौथो दिनमा एकदिन मात्रै निकाल्ने परम्परा रहेको छ । यसवर्ष भने सात महिना अघि आमा कृष्णमायाको मृत्यु भएकाले राजेन्द कायस्थले आफ्नो घरबाट यो नाच एकदिन मात्रै निकाल्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्