नीलको ब्रान्ड अब इलाममा पनि



चर्चित हेयर स्टाइलिस्ट निल डेभिड कटुवालले आप्mनो निल डेभिडस् युनिसेक्स हेयर सलुन विस्तार गर्ने क्रममा इलाममा पनि शाखा सञ्चालनमा ल्याएका छन्।

उनले फ्रेञ्चाइजिका रूपमा इलाममा नयाँ सलुन सञ्चालनमा ल्याएका हुन्। इलामका व्यवसायी देवेन्द्र शंकरले निलको फ्रेञ्चाइजी ब्राण्ड सञ्चालनमा ल्याएका हुन्। सलुन इलाम नगरपालिकाका मेयर महेश बस्नेत, स्थानीय विकास अधिकारी धु्रव खड्का, निल र उनका काका नरेन्द्र कटुवालले संयुक्तरुपमा शुभारम्भ गरेका थिए।

‘इलामसँग मेरो रगतको नाता छ। त्यसैले मेरा लागि अन्तआत्माको सलुन हो। किनकि मेरो पुर्खा हजुरबुवा, बुवा इलामबाट नै आउनुभएको हो’ कार्यक्रममा बोल्दै निलले भने, ‘त्यसैले यहाँका हेयर स्टाइलप्रेमीहरुलाई लक्षित गरी यो फ्रेञ्चाइजी ब्राण्ड सञ्चालनमा ल्याइएको हो’ हेयर स्टाइलबारे अध्ययन र तालिम प्राप्त गरी आधुनिक शैलीको सलुन सञ्चालन गर्दै अएका निलको काठमाडौं र मोफसलमा बाहेका भारतका विभिन्न शहरमा पनि सलुन सञ्चानलमा छन्।

प्रतिक्रिया दिनुहोस्