नेयमारको डेब्यु पक्का भयो



लन्डन, (एजेन्सी)
बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट १९ करोड ८० लाख पाउन्ड प्राप्त गरेको पुष्टि गरेपछि नेयमारले फ्रेन्च लिगमा डेब्यु गर्ने भएका छन्। गत बिहीबार उनलाई पीएसजीले अनुबन्धित गरे पनि स्पेनी ला लिगा क्लबले ट्रान्सफर पेपर उपलब्ध नगराएपछि नेयमारको पेरिसमा डेब्यु हुन ढिलाइ भएको थियो। २५ वर्षीय ब्राजिलीले आइतबार हुने गुइनग्याम्पमा खेलेर फ्रेन्च लिगमा आफ्नो करिअरको शुरुआत गर्नेछन्।

गत शनिबार फ्रेन्च लिगको पहिलो खेलमा भने उनले खेल्न पाएका थिएनन्। सो खेलमा उनको टोली पीएसजीले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्