वाल्कोटको गलत शिव ट्याटु



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब आर्सेनलका स्टार फुटबलर ठियो वाल्कोटले आफ्नो शरीरमा गलत शिव ट्याटु खोपाएका छन्।

ठियो वाल्कोटले शिव मन्त्रको ट्याटु आफ्नो ढाडमा खोपेपछि हिन्दूहरुमाझ उनको चर्चा एक्कासि चुलिएको थियो। तर उनले खोपेको शिव मन्त्रको ट्याटुको अक्षर गलत भएपछि उनका समर्थकहरु भड्केका पनि छन्। वास्तवमा उक्त ट्याटुको अक्षर अशुद्ध भएका कारण अर्थको अनर्थ लागेको हो। जसका कारण उनका समर्थकहरुले उनलाई गल्ती सुधार्न सल्लाह दिएका छन्।

यी फुटबलरले ढाडमा बनाएको ट्याटुमाथिबाट तलतिर लेखिएको छ। यस कारण शिवायको ठाउँमा ‘शवाय’ लेखेको देखिन्छ। जसका कारण हिन्दूधर्मसँग सम्बन्धित उनका समर्थकहरुले आपत्ति जनाएका छन्। त्यसो त ‘इ’कार देखिएको छ।

प्रतिक्रिया दिनुहोस्