केही देशले मात्र भोगेको संकट भोग्नुपर्ने ट्रम्पको चेतावनी



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई चेतावनी दिँदै यदि उसले अमेरिकालाई केही गरे भने उसले अत्यन्तै डराउनुपर्नेछ।

उत्तर कोरिया आफ्नो गतिविधिलाई नियन्त्रण नगर्ने हो भने उसले ‘अहिलेसम्म कमै मात्र राष्ट्रले देखेको ’ संकट भोग्नुपर्ने ट्रम्पले चेतावनी दिएका छन्।

उत्तर कोरियाले अमेरिकी क्षेत्र गुआममा चार वटा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएपछि ट्रम्पको उक्त भनाइ आएको हो। उत्तर कोरियाले जुलाइमा दुई अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षणपछि अमेरिका र उत्तर कोरियाबीच तनाव ब्यापक बढेको छ।

उत्तर कोरियाले परमाणु कार्यक्रमलाई जारी राखेकोमा संयुक्त राष्ट्र संघले पनि ऊमाथि आर्थिक प्रतिबन्ध लगाएको छ। बिहीबार न्युजर्सीमा सम्बोधन गर्ने क्रममा ट्रम्पले अमेरिका उत्तर कोरियासँग वार्ताका लािग सधैँ तयार रहेको बताएका थिए।

ट्रम्पले उत्तर कोरियालाई लिएर आफ्नो बयान धेरै कडा नभएको पनि बताए। यसै हप्ता मात्र ट्रम्पले उत्तर कोरियामा आगोको वर्षा गर्ने चेतावनी दिएका थिए। राष्ट्रपति ट्रम्पको चेतावनीलाई उत्तर कोरियाले बकवास भएको बताएको छ। उक्त चेतावनीलाई लिएर उत्तर कोरियाले तर्कहीन ट्रम्पलाई शक्ति प्रयोगबाट मात्र ठीक ठाउँमा ल्याउन सक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्