कल्पनाले अमेरिका पुर्याइन् नेपालको ढाका फेसन



मिहिनेत र संघर्षपछि अवश्य फल पाइन्छ। हो, कल्पना योङहाङ यसैको एक उदाहरण हुन्। जो हाते तानबाट बुनेको नेपाली परम्परगत ढाका कपडा तथा पहिरनको सन्दर्भको लामो समय मिहिनेत र संघर्षपछि ढाकाविद्सहित एक सफल महिला उद्यमी बन्न सफल भएकी छन्। उनै ढाकाविद् तथा फेसन डिजाइनर कल्पनाले आफ्नो ढाका उद्योग द हाइल्याड आर्टमार्फत ढाका कपडा एवं पहिरनको विश्वव्यापीकरण गर्ने अभियानअन्र्तगत अमेरिकाको एरिजोना सिटीमा ढाकाको शोरुम स्थापना गर्न सफल भएकी छन्।

केही साताअघि नेपाली ढाका प्रवद्र्धनकै क्रममा अमेरिका पुगेकी कल्पनाले द हाइल्यान्ड आर्टअन्र्तगत नै कल्पना ढाका बुटिकको शोरुम अमेरिकाको एरिजोन सिटीस्थित टक्सन मलमा सञ्चालनमा ल्याएकी हुन्। कल्पनाले एरिजोनामा शोरुम स्थापनासँगै कल्पना ढाका बुटिकलाई अनलाइनमा पनि ल्याएकी छिन्। यसमार्फत विश्वका कुनै पनि कुनाबाट ढाका कपडा तथा पहिरन आफूले चाहेजस्तै अर्डर गर्न सकिने कल्पनाले बताइन्। यो अनलाइन बजारका एरिजोनामै कल्पना र इक्शा लिम्बू खेवाले शुभारम्भ गरेका थिए।

कल्पनालाई टक्सनमा कल्पना ढाका बुटिकको शोरुम सञ्चालनमा ल्याउनका लागि इक्शाले नै सहयोग साथ दिएकी हुन्। इक्शा लामो समयदेखि एरिजोनामा रहेर अनलाइन व्यापार गर्दै आएकी छन्। एरिजोनामा कल्पना ढाका बुटिकको शोरुम सञ्चालनसँगै नेपाली परम्परागत ढाका पहिरनको प्रर्वद्धनमा आफूलाई थप सहयोग पुगेको कल्पनाले सुनाइन्। ‘आज म एकदमै खुसी छु।

ढाका कपडाको प्रवद्र्धनकै क्रममा अमेरिका आएपछि शोरुम सञ्चालनमा ल्याउन सफल भएकी छु कल्पनाले भनिन्– ‘यसमार्पmत अमेरिकामा पनि नेपाली ढाकालाई चिनाउन सफल हुनेछु भन्ने विश्वास लिएकी छु। अमेरिकामा पनि ढाका पहिरनको व्यवसायिक सम्भावना राम्रो पाएँ।’ उनले आफ्नो विगतका दुःख र मिहिनेतको स्मरण गर्दै भनिन्, ‘यहाँसम्म आउनका लागि मैले धेरै दुःख गरेकी छु। निरन्तर मिहिनेत र दुःख गरेकै कारण अहिले आफ्नो उद्देश्यप्रति केही हद सफल भएँ कि भन्ने लाग्छ।’

हुन पनि आधुनिककरणको विकास र विश्व फेसन बजारमा आएको क्रान्तिबीच कल्पनाले हाते तानबाट बुनेको नेपाली ढाका पहिरनलाई पनि स्थापित गर्न सफल हुँदै आएकी छन्। कुनै समय ढाका भन्नेबित्तिकै पूर्वेली विशेष गरी राई, लिम्बू तथा किराँती पहिरनको घेराभित्र सीमित राखिथ्यो। तर, अहिले आमनेपालीले मात्र नभएर विश्वमै ढाका पहिरन चलनचल्तीमा आउन थालेको छ।

सेलिब्रेटीका लागि समेत ढाका परिहन रोजाइ बन्न थालेको छ। ‘हो गाउँघरमै मात्र सीमित राखेको भए ढाका कपडाले यो व्यापकता अवश्य पाउँदैनथ्यो होला’ कल्पना भन्छिन् ‘तर, एकदिन कसो ढाकाको पनि फेसन टे«ेन्ड नबन्ला भन्ने लागेर निरन्तर म लागिरहेँ। अहिले आएर टे«न्ड नै बनेको छ, खुसी छु।’

काठमाडौंको गोकर्णबाट करिब ढेड दशकअघि शुरु भएको द हाइल्याड आर्ट तथा कल्पना ढाका बुटिकको दायरा बेल्जियम, सिंगापुर, अमेरिका हुँदै अनलाइनमार्फत ग्लोबलाइज भएको छ। यसले अवश्य पनि कल्पनालाई मात्र खुसी दिलाएको अवश्य छैन।

उनले गोकर्णमा कारखाना खोलेर ढाकाको उत्पादनसमेत आपैmँ गर्दै आएकी छिन्।

ढाकाको उत्पादनसँगै पुरुष होस् या महिला, फेसन शोका लागि होस् या व्यक्तिगत प्रयोगका लागि सबै खाले प्रयोगका लागि शरीर सुहाउँदो ढाकाको पहिरनको डिजाइन पनि उनी स्वयं नै गर्छिन्। अमेरिकामा सञ्चालनमा ल्याएको बुटिकसँगै यसको विस्तार अमेरिकी राज्यमा पनि हुने विश्वास उनले लिएकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्