कमल ढकाल ।
न्यायाधीशले घुस खाएमा के गर्ने होला ? अन्तर्राष्ट्रिय अदालत हेगको सम्मेलनमा गएको बेला नेपालका एक प्रधानन्यायाधीशले सोधेछन्। प्रश्न सोध्ने बित्तिकै त्याहाँ उपस्थित न्यायाधीश गललल्ल हाँसेका थिए रे। हाँस्दै उनीहरुले भनेछन् ‘न्यायाधीशले पनि घुस खान्छन् र।’ ती पूर्वप्रधानन्यायाधीशले यो कुरा सार्वजनिक ठाउँमै भनेका थिए।

त्यही प्रसंग जोड्दै चर्चित कानुन विज्ञ राधेश्याम अधिकारीसँग कुरा गर्दा उनले भने– ‘म नेपाल बार एसोसिएसनको अध्यक्ष हुँदा आजभन्दा २६ वर्षअगाडि नर्बेको कानुनविज्ञको टोली नेपाल आएको थियो। त्यो टोलीलाई हाम्रा साथीहरुले सोही प्रकारको प्रश्न गरेको थिए।’


चुनौतीलाई स्वीकार गर्दा नै कि सफलता मिल्छ कि शिक्षा भनेर उनी चुनौतीमा खेल्न मन पराउछन्। त्यसैले त कसैले नबोलेको नखोलेको रहस्यहरु उनी खोल्छन्। जिन्दगीमा डरको समाप्त गर्ने एक उपाय भनेकै निडर भएर त्यसको सामना गर्नु हो। पद्यमोदय स्कुल पढ्दादेखि नै उनलाई निडरता मन पर्थ्यो। अहिले पनि। यीनै माथिका गुण कायम राख्दै नारायण गोपालको स्वरको गीतजस्तै उनी बाँचिरहेका छन्। यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी।


त्यो प्रश्नको उत्तरमा उनीहरुले भनेको कुरा सुनाउदै थापागाउँ निवासमै अधिकारीले भने– ‘उनीहरुले भने, कानुन त होला खै तर प्रयोगमै ल्याउन परेको छैन, त्यस विषयमा केही सोच्नै परेको छैन।’

हाम्रो र उनीहरुको फरकपन यही झल्कन्छ। त्यसो भन्दैमा अरु देशमा यो प्रकारको समस्या नभएको हैन। छ। हाम्रोभन्दा बढी भएको देश पनि भएको राधेश्याम अधिकारी बताउछन्।

कानुन के हो ? मेरो प्रश्नमा उनी भन्थे ‘समाजलाई व्यवस्थित गर्ने पद्दति।’ नेपालमा यो आएको १ सय ६० वर्ष भयो कति व्यवस्थित भयो हामीले देखेकै छौ। कानुनको शिक्षा नभएकै कारण नेपालमा यो जटिल बनेको उनले बताए। अमेरिकामा आफ्नो ५ वर्षीय नातिले ज्वाँइलाई रातो बत्ती बल्दाबल्दै अकस्मात बाटो काटिदा क्रस नगर्न भनेको उनले सम्झे ‘विदेशमा बच्चाले खेल्दाखेल्दै कानुन सिक्छन्।’

कानुनले कल्चर निर्माण गर्छ। केही पहिलेसम्म नेपालमा गाडीमा सिट बेल्ट बाँध्नुपर्दैनथ्यो। जब ट्राफिकले नियम कडा गर्यो मैले बाँध्न थालँे। अहिले मेरो ५ वर्षको छोरी सिमलले आफैं सिट बेल्टमा हात बढाउँछिन्। त्यसैले कानुन भविष्यको द्रष्टा बन्न आवाश्यक छ।

भविष्यका लागि विगत र वर्तमान चाहिन्छ। उनको विगत जान्न मन लाग्यो। ६३ वर्षअघि जन्मेका रहेछन् उनी। बानेश्वरको थापागाउँमा। अनायसै आएका रहेछन् कानुनमा। प्लान गरेर अर्थशास्त्र पढेका उनलाई पुर्खाको रगतले उमालेर नै होला कानुनमा आइपुगे। इकोनोमिक्समा एमए गर्दागर्दै उनलाई बीएलले तान्यो।

बाबु विश्वनाथ अञ्चल न्यायाधीश थिए। बाजे रामनाथ खरदार र बराजु मुक्तिनाथ द्वारे थिए। पुख्र्याैली रगत बाबु, बाजे, बराजु आ–आफ्नो समयमा कानुन हेरेरै न्याय निसाफ गर्नेमा परे। पुर्खाले गरेको कानुनी काम उनलाई पनि मन परेरै त होला उनको छोरा अभिषेक पनि कानुन नै पढिरहेका छन्।

४३ वर्ष लगातार कानुनमा अभ्यास गरिरहेका राधेश्याम २६ वर्षअगाडि नै नेपाल बार एसोसिएसनका प्रेसिडेन्ट थिए। काठमाडांै विश्वविद्यालयका कानुनी सल्लाहकार त्यही वर्ष भए। त्यसको दुई वर्षपछि राष्ट्रिय बाणिज्य बैकको कानुनी सल्लाहकार बने। १५ वर्षअगाडि राष्ट्रिय सभाको सदस्य बने। त्यही समयमा प्रेस काउन्सिलका सदस्य पनि। पहिलो संविधानसभा र दोस्रो संविधानसभा लगातार सदस्य बनेका उनी गत वर्षदेखि व्यवस्थापिका संसद्को नियन्त्रक कमिटीका अध्यक्ष छन्।

राधे र श्याम भएर बनेको दुई मिलेर एक बनेको नामभन्दा बढी भएका छन् राधेश्याम। राजनीतिज्ञ, नेता, सांसद, लेखक, विश्लेषक, कानुन विज्ञ भनेर आजको दिनमा राधेश्याम अधिकारीलाई चिनिन्छ। भोलि अरु केहीमा थपिन सक्छ। जहाँ जेमा देखिए पनि कानुन उनको रगतमै घोलिएर आएको छ। उनको लागि राम्रो पनि कानुन नराम्रो पनि कानुन भएको छ। साथी कमाउने पनि कानुन। दुश्मन कमाउने पनि कानुन बनेको छ। यस्तो भइसके राधेश्याम कानुनबाहेक अपुरो र अधुरो बने।

विधिको पालन सबैले गर्नुपर्छ कानुनभन्दा माथि कोही हुनुहँुदैन भनेर उनले कसैले आवाज नउठाउदा संसद्मा तत्कालीन अख्तिायार प्रमुखको बारे उठाएको आवाज सर्वत्र प्रशंसनीय बन्यो। पहिलो संविधानसभामा अदालतले नथप भन्दा पनि नेताले थपेका कारण उनले पदबाटै तलब भत्ताको लोभ नगरी राजीनामा दिएका थिए। उच्च नैतिकता र आदर्शका कारण राधेश्याम राधे र श्याम जस्तै प्रेमिल नाम बनेका छन्।

आशावादी दर्शन देखाउने राधेश्याम नेपालमा कानुन व्यवहारमा लागू नहुनुको चिन्तामा छन्। अरुलाई भए बहुविवाहको कानुन लाग्ने प्रमुख मान्छेको छोरामा नलाग्ने कारणले उनी दिक्क छन्। कानुन व्यवहारमा लागू हुनलाई समाज पनि त्यहीअनुरुप जानुपर्ने उनको भनाइ छ। समाजले त्यस्तै मान्छेलाई किन चुनावमा जिताउँछ उनी आफंै छक्क पर्छन्।

आशा जीवनको जग हो। यही जगमा टेकेर उनी हिँडिरहेका छन्। न्यायालयप्रति उनको उच्च आस्था छ। उनी आफ्नो बहसलाई पहिलेको तुलनामा घटाउँदै लगेर न्यायमा केही नयाँ गर्न चाहन्छन्।

नेपाली कांग्रेस पार्टीसंग आबद्ध राधेश्याम पार्टी हितभन्दा माथि उठेर सोच्छन्। राष्ट्र र राष्ट्रियता उनको प्यारो चिज बनेको छ। हकि स्वभाव र सहृदयी मनका राधेश्यामलाई थाहा छ। आफू रोकिए पनि समय रोकिँदैन। त्यही भएर समयअनुसार चल्न उनी आजकल ग्याजेट प्रेमी बनेका छन्। अध्ययनमा निरन्तर लाग्ने उनी किन्डलको बारेमा जिज्ञासा राख्दै थिए।

असल मान्छे खोज्दै नहिँड्नु आफंै असल बनेर देखाइदिँदा अरुको असल मान्छे खोज्ने ईच्छा पूरा हुन्छ। यही भनाइ झै राधेश्यामसँग नैतिकता आदर्शवान र आशावादी गुण प्रसस्त छन्। जसले उनलाई असल बन्न प्रेरित गरिरहेको छ। अध्ययन र चिन्तनमा डुबिरहन्छन्। केही पढिरहनु। केही लेखिरहनु उनको अर्काे मज्जाको काम हो।

चुनौतीलाई स्वीकार गर्दा नै कि सफलता मिल्छ कि शिक्षा भनेर उनी चुनौतीमा खेल्न मन पराउँछन्। त्यसैले त कसैले नबोलेको नखोलेको रहस्यहरु उनी खोल्छन्। जिन्दगीमा डरको समाप्त गर्ने एक उपाय भनेकै निडर भएर त्यसको सामना गर्नु हो। पद्यमोदय स्कुल पढ्दादेखि नै उनलाई निडरता मन पथ्र्याे।

अहिले पनि। यीनै माथिका गुण कायम राख्दै नारायण गोपालको स्वरको गीत जस्तै उनी बाँचिरहेका छन्। यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी। हाँसोमा लुटाइदिन्छु आफू आँसुमा डुबी। आफू आँसुमा नडुबी अरुलाई हाँसोमा कसरी राख्ने भनेर पनि सोच्दैछन् कि त्यो चाहिँ सोधिएन।

 

LEAVE A REPLY