पहिरोमा परी चारको मृत्यु



पाँचथर, (नेस)
फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा रहेको नेवा खोलामा आएको पहिरोले बगाएर शुक्रबार तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयबासी विष्णु राई, उनकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन्। उनकै घरबाट झरेको पहिरोले विद्युत्गृहको हेरालु बसेका उनीहरूलाई थिचेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको शव शुक्रबार निकाल्न सकिएको छैन।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त क्षेत्रमा उद्धार गरिरहेको सुरक्षा निकायले जनाएको छ। यसै गरी फालेलुङ गाउँपालिका–२ एकतिनको चुक्पादिनमा पहिराले थिचेर एक व्यक्तिको मृत्यु भएको छ भने तीन घर पुरेको छ।

मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक रहेका छन्। अहिले दुवै क्षेत्रका पीडितलाई सुरक्षित स्थानतर्फ सार्ने र राहत सामग्री लैजाने कार्य भइरहेको गणपति पन्तले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्