यस्तै हो गाउँ गाउँको सिंह दरबार ? डोटीका गाउँका सडक वर्षाले बिजोग



विमल विष्ट, डोटी ।
डोटीमा जथाभावी डोजर प्रयोग गरेर खनिएका ग्रामीण सडकहरुमा वर्षासँगै सवारी साधन गुड्न सकेका छैनन् । वर्षा सुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालकहरु बताउछन् । गाउपालिका,वडा कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरी सडक खनिएका छन् ।

 

त्यस्ता सडकहरुमा ग्रेड नमिल्ने, साँघुरो, जथाभावी खनिएको स्थानीयबासीको आरोप छ । यहाँका अधिकाँस ग्रामिण सडकहरुमा सवारी साधन चलाउनै नमिल्ने गरि बिग्रीएको जोरायल गाउपालिका ५ गड्सेराका स्थानिय लिलाधर विष्टले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘ उपभोक्ता समितिको मनपरी ढंगले काटिएका सडक बेकामै भएका छन्,सावरी साधन त के मान्छे हिड्न समेत मुस्किल पर्न थालेको छ ।’ यहाँका अधिकाँस ग्रामिण कच्चि सडकहरुमा हिउँदको ६ महिना मात्र सवारी साधन सञ्चालन गर्न मिल्ने तथा हल्का वर्षा सुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदल हुने शैलेस्वरी यातायात ब्यबसायी समितिका दिपायलका प्रमुख हर्कबहादुर महराले बताउनु भयो ।

 

उहाँले भन्नु भयो ‘ बाटो लैजाने नाममा जथाभाबी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्,गाडी हाल्ने बित्तिकै दुर्घटना भैहाल्छ ।’ यहाँका अधिकाँस ग्रामिण सडक सवारी साधन चलाउनमा अति जोखिममा रहेका छन् । बिना मापदण्डका यि ग्रामिण सडकहरुमा ठुल्ठुला दजर्नौ सवारी दुर्घटना हुदा समेत सडकको स्तरोन्नतीका लागि खासै पहल हुन नसकेको स्थानियको आरोप छ ।

बजेट बिनियोजन भएका ग्रामिण सडकहरुमा समेत सरकारले रकम निकासा नदिदा यहाँका ग्रामिण सडकको अवस्था जस्ताको तस्तै रहेको सञ्चारकर्मि डिलबहादुर सिंहले बताउनु भयो । उहाँले भन्नु भयो ‘सरकारी स्तर बाट बिनियोजन भएको रकम निकासा नदिदा सडकको दुरावस्ता भएको छ,ग्रामिण सडकको स्तरोउन्नती गर्ने हो भने प्रयाप्त बजेट आउनु पर्छ ।’ यहाँका ग्रामिण क्षेत्रका सडकहरु ज्यानमारा सडकका रुपमा परिच हुन थालेका छन् । जिल्ला समन्वय समिति, वडा, निर्वाचन क्षेत्र विकासको बर्सेनि त्यस्ता सडकमा १० करोडभन्दा बढी खर्च हुने गरेको छ ।

ती सडक प्राविधिकको वर्गीकरणमा ‘घ’ वर्गमा र अति जोखिममा परेका छन् । वर्षा सुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडकमा सवारी साधन गुड्न सकेका छैनन् । बर्षादले हिलाम्मे भएका यस्ता सडकमा सवारी साधन गुड्न बन्द भएको छ ।

बर्षादले ग्रामिण सडकहरु बन्द हुँदा उपचारका लागि आउने बिरामीका साथै सुत्केरी महिलाले दुःख पाउनु परेको स्थानीय बोगटान गाउपालिका ५का स्थानिय खडकबहादुर बोहराले बताउनु भयो । उहाँले भन्नु भयो ‘गाडीमा चढेको बानी हिड्न गाहे हुन्छ,गाउघरमा कोही बिरामी प¥यो की बोक्नको समस्या हुन्छ ।’ डोटीका गाउगाउमा पछिल्लो केही समय यता सडक पु¥याउने होड बाजी चलेको छ ।

 

बिगतमा नेताहरुले जनता संग सडक पु¥याउने बाँचा गरेअनुसार अहिले गाउमा सडक पु¥याउने हाडबाजी चलेको स्थानियबासीहरु बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्