पाथिभरा गोल्डकप : तिर्थको ह्याट्रिक संगै सगरमाथा युवा क्लव मोरङ सेमिफाईनलमा प्रवेश (फोटो फिचर)



रविन भट्टराई, ताप्लेजुङ ।
तिर्थ बस्नेतले गरेको ह्याट्रिकको फाईदा उडाउँदै सगरमाथा युवा क्लव विराटचौक मोरङ ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेस गरेको छ ।

शुक्रबार भएको खेलमा फिदिम स्र्पोटिङ क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा युवा क्लव विराटचौक सेमिफाईनलमा प्रबेस गरेको हो । मोरङको तर्फबाट जर्सि नं ११ का तिर्थ बस्नेत एकलैले तीन गोल गरेका थिए । बस्नेतले खेलको तेस्रो मिनेटमानै टिमलाई एक गोल गर्दै अग्रता दिलाएका थिए । लगत्तै ७ औँ र २८ औँ मिनेटमा आफ्नो व्याक्तिगत गोल गर्दै उनले ह्याट्रिक पुरा गरेका हुन् । खेलको सम्पूर्ण समय मोरङले पाँचथरलाई दबाबमा राखेको थियो ।

पाँचथरका जर्सि नं ६ का चरण बस्नेतले खेलको २१ औँ मिनेटमा आफ्नो टिमको तर्फवाट सान्तवना गोल फर्काएका थिए । शुक्रबार भएको खेलको म्यान अफ दि म्याच पनि मोरङका ह्याट्रिक गर्ने खेलाडि तिर्थ बस्नेत भएका छन् ।

अब सगरमाथा युवा क्लव विराटचौक मोरङले सेमिफाईनलमा शसस्त्र प्रहरी दमक संगको खेल खेल्नेछ । शुक्रबारको खेल संगै पहिलो चरणको खेल सकिएको आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ । शनिवारबाट सुरुहुने सेमिफाईनल चरणको पहिलो खेलमा शनिवार र्चच व्वाईज काठमाण्डौ र नव प्रयास ताप्लेजुङ भिड्दै छन् । खेलको फाईनल सोमवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्