सर्वोच्च अदालतको पूर्ण इजलासः चूडामणि शर्मालाई थुनामुक्त गर्न आदेश, बाँकी मुद्दा विशेष अदालतले हेर्ने



काठमाडौं, २७ साउन । सर्वोच्च अदालतको पूर्ण इजलासले चूडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएपछि उनी अब थुनामुक्त भएर मुद्दा लड्न पाउने भएका छन् ।सर्वोच्च अदालतले राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्ता गर्न आदेश दिएको छ । बाँकी मुद्दा विशेष अदालतले हेर्ने गरि उनलाई थुनामुक्त गर्न आदेश दिइएको अधिवक्ता विकाश भट्टराईले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, श्री केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई सर्वोच्चले यस अघि अख्तियारको थुनाबाट प्रहरीको हिरासतमा पठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्