घर भत्किदा नाति बाजेको मृत्यु



सिर्जना पन्त, बागलुङ ।
बागलुङको गल्कोट नगरपालिका–९ वडागाउँमा बिहीबार राति घरको ग्राहो भत्किएर नाति र बाजेको मृत्यु भएको छ । अविरल वार्षाको कारण बिहीबार राति करिब दुई बजेको समयमा घर पडाडिको ग्राहो भत्किदा घरधनी ७५ वर्षीय जयला विक र उनका १३ वर्षीय नाती बिवेक विकको घटना स्थलमै मृत्यु भएको हो ।

शुक्रबार विहान अवेर सम्म पनि जयलालको घरमा कुनै चहलपहल नदेखेपछि छिमेकीले हेर्ने क्रममा घरको ग्राहो भत्किएर पुरिएको अवस्थामा उनिहरुको शव भट्टीएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक अनिल खड्काले बताउँनुभयो । स्थानिय र प्रहरीको सहयोगमा जयलाल र बिवेकको शव निकालेर पोष्टमार्टमका लागी गलकोट प्राथमिक स्वाथ्य केन्द्र हरिचौरमा लगिएको छ ।

गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले घटनास्थलको अनुगमन गरेर तत्कालको लागि मृतकको परिवारलाई ३० हजार रुपैया राहात स्वरुप प्रद्धान गर्ने जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्