बाढी आतंकले सतायो, खाँडो खोला कटान गरेर दर्जनभन्दा बढि वस्तीमा पानीे, एकको मृत्यु



शिवहरि प्रसाद भट्टराई, राजविराज । गएराति देखि परेको अविरल वर्षासँगै खाँडो नदीमा आएको बाढिले सप्तरीको राजविराज नगरपालिका–१ र १५ मा कटान गर्दा एक जनाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–१५ देउरी भरुवामा सुरक्षा फौज सेनाले नदी नियन्त्रणकालागि खटाएका स्थानिय ५५ वर्षीय डोमी यादवको डिस्कोले पुरिएर मृत्यु भएको छ । दिउँसो १२ बजेर ४० मिनेटमा वेपत्ता भएका यादवको शव हालसम्म पनि नभेटिएकोले खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंहले बताउनुभयो । बाढिले खाँडो खोला कटान गर्दा डुम्री सिवथान, विरौल, देउरी भरुवा, महदेवा, तिलाठी, सकरपुरा, रमपुरा मल्हनियाँ, लौनिाया, विषहरीया, को. मधेपुरा लगायतका दर्जनभन्दा बढि बस्तीमा पानी पसेको छ भने स्थानियवासिन्दाहरु त्रसित देखिएका छन् ।

महुली खोलामा आएको बाढिले भेडिया र राम टोलमा बाढि पस्यो 

एक महिनाअघि मात्रै महुली खोलामा आएको बाढिले पु¥याएको क्षति नर्विसिदै पुनः खोलामा आएको बाढिले तिरहुत गाउँपालिका–६ भेडियामा कटान गरि राम टोलका ६० परिवारको घरमा पानी पसेको स्थानिय भरत यादवले जानकारी दिनुभयो । स्मरण रहोस गत असार ३० गते प्रधानमन्त्री देरबहादुर देउवाले स्थगल अवलोकन गरेर त्यस स्थानमा तत्काल बाँध निर्माण गरी वस्तीलाई बचाव गर्न निर्देशन स्थानिय प्रशासनलाई निर्देशन दिएका थिए । सोही अनुसार उक्त स्थानमा बाँध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा बोरामा बालुवा हालेर बाँध निर्माण गरेका थिए । यद्यपी, उक्त स्थानमा ठोस बाँध निर्माण नहुँदा स्थानियवासिन्दाहरु पुनः पिडित  हुन पुगेका छन् ।  यता, स्थानिय प्रशासनले भने बाढिबाट हुनसक्ने थप क्षति हुन नदिन नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि बाढि नियन्त्रणको प्रयास भईरहेको छ ।

सप्तकोशी नदीमा पानी वहाव उच्च, रातो वत्ति बालियो

पूर्वी तराई र पहाडी क्षेत्रमा लगातार भएको वर्षाले सप्तकोशी नदीमा पानीको वहावमा उच्च वृद्धि भएको छ । नदीमा पानीको बहावमा उच्च बृद्धि भएपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो झण्डा र रातो वत्ति जडान गरि सतर्कता अपनाईएको छ । ब्यारेजमा विहिवार २ लाख ५० हजार ५ सय ९० प्रति क्युसेक पानीको बहाव रहेको ब्यारेज स्थित नियन्त्रक शाखाले जनाएको छ । पानीको बहाव बृद्धि हुने क्रम जारी रहेकोले ब्यारेजमा रहेका ५६ ढोका मध्ये ३० वटा ढोका खुल्ला गरिएको छ । पानी पर्ने क्रम जारी रहेकोले कोशी नदीमा प्रत्येक घण्टा पानीको बहावमा बृद्धि भइरहेको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्