सामाजिक संजालमा तस्विर राख्ने ५० भन्दा बढी प्रहरी अधिकारीमाथि कारवाही, को को परे ?



काठमाडौ (नेस) ।

सामाजिक सञ्जालमा प्रहरी पोशाकमा तस्वीर राख्ने ५० भन्दा बढी प्रहरी अधिकारीमाथि कारवाही प्रक्रिया अगाडी बढाईएको  छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले हालै बढुवा भएको खुसियालीमा फेसबुकमा प्रहरी पोशाकसहितको तस्वीर राख्ने एसएसपी, एसपी र डीएसपीसहित ५० बढि प्रहरी अधिकृतमाथि २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

कानुन शाखाले एसएसपीमा बढुवा भएका देवबहादुर बोहरा, उत्तम सुवेदी, दीवस लोहनी, रवीन्द्र धानुक,एसपीमा बुढा भएका इश्वर कार्की तथा डीएसपीमा बढुवा भएका गङ्गाबहादुर थापा, छेदिलाल कामती, नवीन कार्की र रुपक खड्कालाई अल्टिमेटम सोधेको छ। एसपी डा. गणेश रेग्मीद्वारा हस्ताक्षरित पत्रमा सामाजिक सञ्जालमार्फत् आचारसंहिता उल्लंघन गरेकाले स्पष्टिकरण सोधिएको उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले २०७३ वैशाखबाट नेपाल प्रहरीमा कार्यरत कोही पनि अधिकृत वा जवानलाई फेसबुकमा पोशाकसहितको तस्विर समाजीक संजालमा वा प्रोफाइल तस्वीरमा नराख्न निर्देशन दिएको थियो  तर, सर्कुलरको उल्लंघन भएको भन्दै प्रहरीले ती अधिकृतलाई स्पष्टिकरण सोधेको हो ।

स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएमा उनीहरुमाथि विभागीय कारवाही हुनेछ । गृहमन्त्री जनार्दन शर्माको विशेष चासोमा यो प्रक्रिया अगाडि बढाइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्