टेलिभीजनलाई नै धक्का दिने फेसबुकको यस्तो ट्याग



एजेन्सी,
फेसबुकले बिहिबार प्रयोगकर्ताहरुको लागि नयाँ ट्याग ल्याउने बताएको छ । फेसबुकले यो ट्यागको नाम ‘वाच’ ट्याग राखेको छ ।

टेलिभीजनबाट हेरीँदै आएका नयाँ र रोमान्चक टिभी कार्याक्रहरु अब वाच ट्याग मा फेसबुक प्रयोगकर्ताहरुले नयाँपनको महशुस गर्न पाउने फेसबुकले दाबी गरेको छ ।

टेलिभीजनका प्रसीद्ध कार्यक्रमहरुलाई नै धक्का दिने खालको यस्तो ट्यागमा करिब ४० वटा कार्यक्रमहरु हेर्न मिल्ने बताइएको छ ।

सुरुमा सबै प्रयोगकर्तासामु यो ट्याग पुर्याउन नसके पनि केहि समय पछि भने सबैसामु पुर्याउने फेसबुकले प्रबिद्धता जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्