आर्थिक अभावका कारण उपचारमा समस्या खेप्दै बालवालिका



अनिल खीत्री,गुल्मी ।
आर्थिक अभावका कारण गुल्मीमा एक वालकको अवस्था अत्यन्तै पीडादायी बनेको छ । जिल्लाको मालिका गाउँपालीका ७ सिमलटारीका चार वर्षका निशान सुनार आन्द्राबाट दिसा र पिसाव गर्दै जीवन गुजार्दै आईरहेका छन् ।

उनको दिशा गर्ने प्वाल र आन्द्रा समेत नभएको जिल्ला अस्पताल तम्घासका डाक्टर सुरेन्द्र रायमाझीले बताए भएको छ । ‘उनको मुटुमा समेत सानो प्वाल परेको रहेछ, स्थानीय स्तरमा उनको उपचार संभव छैन, अली राम्रो अस्पतालमा लगेर अप्रेसन गर्नुपर्छ’ रायमाझीले भन्नु भने ।

आफना आमा आमावावुको साहारामा अपांग परिचयपत्र लिन सदरमुकाम तम्घास स्थीत महिला तथा वालवालीका कार्यालयमा आईपुगेका थिए । तर उनी अपांगताको कोटा भित्र नपर्ने रहेछन् । उपचारवाट उनको समस्या समाधान हुने भएका कारण उनले अपांग परिचयपत्र नपाउने जानकारी पाएपछि निशानका आमावावुले छोरालाई रित्तै घर फर्काउन बाध्य बनेका थिए ।

‘जन्मदै यस्को यस्तै समस्या थियो, उपचारका लागि दुईवर्ष अघि काठमाण्डौ स्थीत कान्तिवाल अस्पतालसम्म पुराएको थिए तर अप्रेसन गर्नुपर्छ भनेर भनेपछि पैसा भएन, अनि त्यत्तिकै घर फर्काएर लिएर आए’ वावु बिजु सुनारले भने ।

महिला तथा वालवालीका कार्यालय प्रमुख प्रतिभा पन्थीले अपांग परिचयपत्र उपलव्ध गराउने निर्देशिका अनुसार उनलाई अपांग परिचय पत्र दिन सम्भन नभएको बताइन । ‘यस्तो प्रकारको विरामीलाई परिचयपत्र दिने कुनै आधार छैन, अवस्था निकै दर्दनाक रहेछ, कुनै माध्यमवाट उपचार गर्न सकियो भने यीनले नयाँ जीवन पाउने थिए’ कार्यालय प्रमुख पन्थीले चिन्ता व्यक्त गरिन ।

निशान आफ्ना वावु बिजु र आमा राधिकाका पाँचौ सन्तान मध्य कान्छा छोरा हुन् । अत्यन्तै विपन्न सुनार परिवार वर्षौदेखि गाउँघरमा अर्मपर्म गरेर जीवन गुजार्दै आईरहेका छन् । घरमा दुई महिना खाना पुग्ने सम्पति छैन ।

प्रतिक्रिया दिनुहोस्