४ हजार बढि युवा बैदेशिक रोजगारमा पलायन



सरिता चलाउने,सल्यान ।
सल्यानमा आर्थिक बर्ष २०७३ र ७४ मा ४ हजार पाँच सय ७३ जना युउवा युउवति बैदेशिक रोजगारीमा पलायन भएका छन ।

गत वर्ष साउन देखि अहिलेसम्म जिल्ला केन्द्रबाट तिन हजार ६ सय ७३ जनाले राहदानि लिएका छन भने जिल्ला बाट ९ सय २ जनाले लिएको जिल्ला प्रशासन कार्यलयको तथ्याङक उल्लेख गरिएको छ ।

गत बर्षको तुलानामा भन्दा यस बर्ष भने बैदेशिक रोजगारीको लागी जानेको सङख्यामा कमि आएको भए पनि महिलाको सङख्यामा बृद्धि भएको जिल्ला प्रशासन कार्यलय सल्यानले जानकारी दिएको छ । यसरी बिदेशिनेमा अधिकांस युवा रहेका छन ।

जसमा महिला ५ सय ८५ जना रहेका छन भने ३ हजार ९ सय ८८ जना पुरुष रहेको राहादानि फाटका खरिदार महाबिर वलीले बताउनु भएको छ । उहाँका अनुसार बैदेशिक रोजगारीमा जाने महिला धेरै जसो बिवाहीत रहेको श्रीमानले दोस्रो बिहे गरेका र ४० बर्ष सम्मका महिला बिदेश जाने गरेका छन ।

जनाचेतनाको कमि र थुप्रै पैसा कमाउने उदश्यले प्राय युउवा बिदेशिने गरेको वलीले बताउनुभयो । महिला भने आर्थिक अभाबका कारण र छोराछोरी पाल्नको लागी पनि बाध्यताले बिदेशिने गरेको पाईएको छ ।

गत आर्थिक बर्ष २०७२ र ७३ मा सल्यानबाट राहादानि बनाउनेको सङख्या पाँच हजार सात सँय तिन रहेको थियो जसमा केन्द्र बाट चार हजार पाँच सय तिन र जिल्ला बाट एक हजार दुई सँय जनाले राहदानि लिएका थिए । जसमा पुरुष ५ हजार ४ सय १८ रहेका थिए भने महिला २ सय ८५ जना रहेको कार्यलयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्