जताततै स्वाइनफ्लु, “मिचिगन स्ट्रेन” भित्रिने खतरा



मनोज रेग्मी, काठमाडौं
यतिबेला जताततै स्वाइनफ्लुको संक्रमण फैलिएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म संक्रमण देखिन थालेको हो। उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ। अहिले पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापालगायतका जिल्लामा स्वाइनफ्लुको समस्या तीव्ररूपमा बढ्दै गएको छ।

खोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्नेलगायतका यो रोगका लक्षणहरू हुन्। तर, सामान्य भनेर बेवास्ता गर्दा स्वाइनफ्लुका कारण ज्यान गुमाउनेको संख्या पनि दिन दिनै बढ्दै गएको छ।

काठमाडौं, ललितपुर, पोखरालगायतका शहरी क्षेत्रमा यो रोग व्यापकरूपमा बढिरहेको अस्पतालका चिकित्सकहरू बताउँछन्। केही दिनअघि मात्र स्याङ्जा जिल्लाका खुमप्रसाद अर्यालसहित ४ जनाको स्वाइनफ्लुका कारण मृत्यु भएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले पुष्टि गरेको छ।

स्वाइनफ्लुका बारेमा व्यापक चर्चा हुन थालेपछि अहिले सामान्य ज्वरो आउनेबित्तिकै अस्पतालमा जाँच गराउन जाने बिरामीहरूको भीड लाग्ने गरेको छ। तर, अहिले भने शिक्षण अस्पतालमा बिरामीहरू न्यून भएको र संक्रमित व्यक्तिहरू पनि घट्दै गएको त्रिवि शिक्षण अस्पतालका डा. प्रमेश श्रेष्ठले जानकारी दिनुभयो।

साथै, स्याङ्जाको वालिङमा २० जनाको घाँटीको र्याल परीक्षण गर्दा ५ जनामा सिजनल इन्फ्लुएन्जाको भाइरस भेटिएको छ। परीक्षणमा यस्तो खालको नतिजा भेटिएका कारण स्याङ्जाको भिरकोट नगरपालिकाका तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै विद्यालयसमेत बन्द गरिएको छ। जिल्लाका अस्पतालमा सामान्य चेकजाँच गराउन आउने बिरामीहरू पनि बढेको झ्याङलिङ प्राथमिक उपचार केन्द्र वालिङका प्रवक्ता देवेन्द्र भट्टराईले जानकारी दिनुभयो।

यता पाल्पामा भने गत हप्ता स्वाइनफ्लुकै कारण लुम्बिनी मेडिकल कलेजमा भर्ना भएका ६७ वर्षका मानबहादुर चिदीको पछि उपचारको क्रममा काठमाडौंको वयोधा अस्पतालमा मृत्यु भएको पुष्टि भएपछि पाल्पा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

त्यस्तै, रुखाखोकी तथा श्वासप्रश्वाससम्बन्धी बिरामी भई भर्ना भएका ७ जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ। उनीहरूमा स्वाइनफ्लुको लक्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो। पोखरामा पनि स्वाइनफ्लुका कारण ३ जनाको मृत्यु भइसकेको छ।

साथै काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्वाइनफ्लु नयाँ रोग भएकाले विशेष सर्तकता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो– ‘तर, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखापरेको मिचिगन स्ट्रेन नामक स्वाइनफ्लु नेपालमा समेत भित्रिन सक्ने खतरा बढ्दै गएको छ।’

यसैबीच व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वाइनफ्लुका कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ।

जिल्लामा स्वाईनफ्लुभन्दा पनि भईरल ज्वरोका बिरामी अधिक मात्रामा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका सबै जसो अस्पतालमा भाईरल ज्वरोका बिरामीको चाप रहेको छ।

जिल्लाको सैनामैना नगरपालिकामा रहेको २ नम्बर आर्मी क्याम्पका ४० जनामा एकैसाथ बिरामी भएको र उनीहरूलाई मंगलबार औषधि उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख केयर सिंह गोदारले बताउनुभयो। जिल्लामा स्वाईनफ्लुको किटाणुका बारेमा परीक्षण गर्ने प्रविधि नभएकाले भाईरल ज्वरो आएकाहरूलाई स्वाईनफ्लु नै भएको छ भनी प्रमाणित गर्न नमिल्ने उहाँले बताउनुभयो।

रूपन्देहीमा पनि संक्रमण

यमलाल भुसाल, बुटवल
रूपन्देही जिल्लामा स्वाइनफलुबाट १ जनाको मृत्यु भएको छ। मुूलुकभरि महामारीका रूपमा पैmलिएको स्वाइनफ्लु रूपन्देही जिल्लामा पनि महामारीका रूपमा नदेखिए तापनि रोगले संक्रमितहरू क्रमशः भेटिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ।

जिल्लामा दुई जना स्वाइनफ्लुका बिरामी फेला परेकामा एक जनाको मृत्यु भएको र १ जनाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारपछि निको भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। मृत्यु हुनेमा बुटवल निवासी ७० वर्षीय मानबहादुर विश्वकर्मा रहेका छन्।

उहाँले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताउनुभयो।

मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघा रोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्