ध्रुव बुढाथोकी इन्डोनेसीया गए



राकेश तिमल्सीना, काठमाडौँ । ६ फिट अग्ला भक्तपुर निवासी २४ वर्षीय ध्रुव बुढाथोकी नेपालको प्रतिनिधित्व गर्दै म्यान अफ द एयरमा सहभागी हुन बुधबार इन्डोनेसियातर्फ प्रस्थान गरेका छन् ।

सो प्रतिस्पर्धाको फाइनल यही अगष्टको १९ तारिखमा हुदैछ ।    उनि मिष्टर नेपालका फ्रस्ट रनर्स अपको हैसियतमा म्यान अफ द एयरमा सहभागी हुन लागेका हुन् । सो प्रयिोगितामा विश्वका २० भन्दा धेरै पुरुष प्रतियोगीको सहभागीता रहनेछ ।

क्यासपियन भ्याली कलेजमा स्नातक तहमा अध्ययनरत ध्रुव फुटबल, नृत्य र नयाँ कुरा सिक्नमा रुचि राख्छन् । अवतार इन्टरनेशनलको संयोजनमा ध्रुव म्यान अफ द एयरमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् । वन्यजन्तु संरक्षणका लागि म्यान अफ द एयर आयोजना हुदै आएको नयाँ प्रतियाेगिता हो । जस्को पछिल्लो संस्करणमा मिष्टर नेपाल २०१५ सन्दिप पोख्रेलले सहभागीता जनाएका थिए । जस्मा सन्दिपले पिपल्स च्वाइस अवार्ड र म्यान अफ द एयर २०१६ वेस्ट ट्यालेन्टका साथै उत्कृष्ट १० मा पर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्