पश्मिाञ्चलमा स्वाइन फ्लुबाट एकसय ४ जना संक्रमित, बालबालिका बढी प्रभावित



धन बस्नेत, पोखरा
यतिबेला जताततै स्वाईन फ्लुको संक्रमण फैलिएको छ । पुर्वदेखि पश्चिमसम्म संक्रमण देखिन थालेको छ । पुर्वमा दुई र पोखरा तथा स्याङजामा गरी ५ जनाको ज्यान गईसकेको अवस्थामा छ । यसले सर्वसाधारणमा सचेत हुनुपर्ने आवश्यक छ ।

पश्चिमाञ्चलमा १०४ जना संक्रमित भएको तथ्यांक छ । पश्चिमाञ्चलमा ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट क्षेत्रीय अस्पतालबाट परीक्षणका लागि पठाइएका २२८ जना मध्ये १०४ जनामा संक्रमण देखिएको भेक्टर कन्ट्रोलर याम बरालले जानकारी दिए । पछिल्लो क्रमलाई हेर्ने हो भने ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवान संक्रमितको संख्या झन् बढ्दै गएको छ ।

पछिल्लो हप्ता मात्रै ६० जनाको परीक्षणका लागि पठाएकोमा ४१ जनामा संक्रमण देखिएको उनले बताए । संक्रमित मध्ये पोखराका ३ जनाको ज्यान गइसकेको उनले बताए । संक्रमित मध्ये करिव ७० प्रतिशत पोखराका मानिसहरु रहेको बताउँदै प्रभावित क्षेत्रको बारेमा भने अनुसन्धान भइरहेको बताए ।

मौसमी ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट पोखरामा ३ जनाको मृत्यू भइसकेको छ । मृत्यु भएकाहरु पोखराबाट थप उपचारका लागि काठमाडौं रिफर भएका बिरामी हुन् । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ का एक पुरुष, पोखरा १५ की एक महिला र १७ की एक महिलाको मृत्यू भएको जानकारी दिए । स्याङजामा पनि संक्रमण बढ्दै गएपछि विद्यालय नै बन्द गरिएको छ ।

बरालका अनुसार ईन्फ्लूएञ्जा ‘ए’.’बी’ र ‘सी’ गरेर तीन प्रकारका हुन्छन् । जसमध्ये ‘ए’मा पर्ने एचवानए संक्रमण भए संक्रमित व्यक्तिको ज्यानै पनि जानसक्छ । यो ईन्फ्लूएञ्जा’ए’ एचवानएनवान भाईरसलाई ‘स्वाइन् फ्लू’ पनि भनिन्छ । पहिले पहिले सुंगुरबाट सर्ने भएको यसलाई ‘स्वाइन् फ्लू’ भनिएपनि हाल आएर मान्छेबाट मान्छेलाई नै सर्ने भएकाले यसलाई मौसमी रुघाखोकी भन्न थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोलर याम बरालले बताए ।

उनका अनुसार एक सय डीग्री भन्दा बढी ज्वरो लगातार आइरहे वा रुघाखोकी लागेको छ भने बिना टिकट लाईन नबसी जाँच्ने ब्यबस्था गरिएको छ । मौसमी रुघाखोकी जाँच्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एच वानएनवान भने पत्ता लाग्दैन । संक्रमित मध्ये अधिकांश बालबालिका र बृद्धबृद्धा रहेका छन् ।

मौसमी रुघाखोकी वालवालिका, बृद्धबृद्धा र गर्भवती महिलालाई बढी लाग्ने गर्दछ । उमेर पाको हुँदै गएकाहरु, वालवालिका र गर्भवती महिलामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई लाग्ने सम्भावना बढी हुने र खतरा पनि हुने भेक्टर कन्ट्रोलर बरालको भनाई थियो ।

तथ्यांक अनुसार बिरामी भएका मध्ये २० देखि ३० प्रतिशत वालवालिका र करिव १० प्रतिशत बृद्धबृद्धा संक्रमित भएको पाइएको छ । २ देखी ५ वर्षसम्मका वालवालिका बढी संक्रमितको खतरा रहने बरालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्