गरुडा घटनाबारे छानबिन जारी : गृहमन्त्री



काठमाडौँ, २५ साउन । गृहमन्त्री जनार्दन शर्माले रौतहटको गरुडामा सडकमा खनिएको खाल्डोमा परी चार बालबालिकाको मृत्यु भएको सम्बन्धमा छानबिन भइरहेको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर मन्त्री शर्माले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेको संयोजकत्वमा गठित छानबिन समिति घटनास्थलमा पुगेर अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि दोषीलाई कारबाही गरिने बताउनुभयो ।

सो घटनाका सम्बन्धमा स्पष्ट पार्न संसद्को यही साउन २२ गतेको बैठकमा सांसदहरुले प्रश्न उठाउनुभएको थियो ।

गृहमन्त्री शर्माले मुलुकका विभिन्न ठाउँमा बाढी, पहिरो र अन्य घटनाका कारण भएको मानवीय र भौतिक क्षतिबारे पनि अवगत गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्