के हो स्वाइनफ्लु ? कसरी फैलिन्छ ? यसबाट बच्ने उपायहरु के-के हुन् ?



मनोज रेग्मी, काठमाडौ ।

के हो स्वाइनफ्लु ?

स्वाइनफ्लु भनेको मौसमी रुघाखोकी (सिजनल फ्लु) एक प्रकार हो।  रुघाखोकी बिग्रिएर यसले असर गर्न सक्छ। रुघाँखोकी लाग्ने बित्तिकै डराउनुपर्दैन। तर, सावधान भने रहनुपर्छ।

एच वन एन वान भाइरसको रुपमा स्वाइनफ्लुलाई चिनाइन्छ। प्रत्येक वर्ष यो भाइरस फैलने देखिएको छ। रुघाखोकी, ज्वरो जस्ता सामान्य रोग बिग्रिएर यो भाइरस फैलने डाक्टरहरु बताउँछन् ।

कसरी फैलिन्छ स्वाइनफ्लु ?

केहि डाक्टरहरुका अनुसार स्वाइनफ्लु मौसमको कारण लाग्ने गर्छ। चिसो र तातो मौसम परिवर्तन भइरहने भयो भने स्वाइनफ्लुको भाइरस फैलने गर्छ।

अहिले काठमाडौंमा छिनमै पानी पर्ने र छिनमै घाम लाग्ने मौसम भएकाले स्वाइनफ्लुको भाइरस फैलिएको मरासिनी बताउँछन्। स्वाइनफ्लुका बिरामीहरुको अस्पतालमा चाप बढेको समेत देख्न पाइएको पनि उनिहरुले प्रष्ट पारेका छन् ।

स्याङजा, पाल्पा, गुल्मी लगाएतका पस्चिमका जिल्लाहरुका अस्पतालमा स्वाइनफ्लु लागेको शंका मान्दै उपचार

गराउनेहरुको चाप बढ्दो छ । बुधबार पनि काठमाडौको ग्रिनसिटी अस्पतालमा पोखराबाट उपचार गराउन आएकी ३६ वर्षकी महिलाको स्वाइनफ्लुको कारण मृत्यु भएको छ।

स्वाइनफ्लुकै कारण झापा बिर्तामोडमा पनि दुई जना महिलाको मृत्यु भएको खबर पनि प्राप्त नभएको होइन ।  उनीहरुको पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । यति मात्र नभई हालै स्याङजा जिल्लामा पनि द्ुइ जानाको मृत्यु भएको छ ।

कस्ता मानिसलाई खतरा छ ?

स्वस्थ मानिसलाई स्वाइनफ्लुले सजिलै असर गर्न सक्दैन। महिला, बालबालिका तथा रोगी मानिसहरुलाई स्वाइनफ्लुले चाडै असर गर्छ ।

‘सुगर, प्रेसर, मुटुरोग,मृगौला तथा अन्य दीर्घरोगको सामना गरिरहेका मानिसहरुलाई खतरा छ। उनीहरुको रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ तर स्वस्थ मानिसले भने डर मान्नु पर्दैन पर्ने केही छैन। केही सावधानी अपनाए यसले खासै केही असर गर्दैन।

कसरी बच्ने ?

साधारण लक्षण देखिनासाथ अस्पताल गएर जाँच गरी औषधि खाएमा यसबाट सजिलै बच्न सकिन्छ । बाहिर हिँड्दा मास्क लाएर हिँड्ने ,चिसोमा न्यानो लुगा लगाउने जस्ता साधारण सावधानी अपनाउने गरेमा यसबाट रोगबाट बच्न सकिन्छ।

‘रुघा लागेमा लोकल रक्सी झानेर खाँदा पनि बच्न सकिन्छ, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने, रुघा लागेका मानिससँग अंकमाल नगर्ने, टिस्यु पेपर प्रयोग गर्ने गरेमा यसबाट बच्न सकिन्छ। सरसफाइमा विशेष ध्यान दिएमा यो भाइरस सजिलै फैलन सक्दैन।

स्वाइफ्लुको कहि लक्षण देखिएका मानिसहरु एक्लै बसेमा पनि आफू र अरुलाई यस रोगबाट बचाउन सक्छन्। तातोपानी खाने, नुनपानीले कुल्ला गर्ने, भिडभाडमा यात्रा नगर्ने गर्दा पनि यसबाट बच्न सकिन्छ। खकार तथा थुक जथाभावी नफाल्ने ,मास्क तथा टिस्यु पेपर डढाउने गर्नुपर्छ।

यति सावधानी अपनाउदा स्वाइनफ्लु लाग्दैन। यसले कसैलाई असर गर्दैन।

प्रतिक्रिया दिनुहोस्