मोटरसाईकलको ठक्करबाट पैदल यात्रुको मुत्यु



श्रवण थापा,सर्लाही
मोटरसाइकलको ठक्करबाट सर्लाहीको लालबन्दीमा एक जनाको ज्यान गएको छ । भने, अर्का एक जना गंभिर घाइते भएका छन् ।

मंगलवार राती साढे आठ बजे पुर्व पश्चिम राजमार्ग अन्र्तगत लालबन्दी नगरपालिका ६ स्थीत गढिमाई हस्पीटल नजीक पुर्ववाट पश्चिम तर्फ आउदै गरेको ज १ प ९७८४ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका लालबन्दी नगरपालिका ६ बस्ने ४२ वर्षिय चन्द्रबाहादुर थापालाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर भएका थापाको खुर्काेटको सुनकोसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

 

यस्तै, मोटरसाइकल चालक लालबन्दी नगरपालिका १५ बस्ने २५ वर्षिया स्याम स्याङम्बोको अवस्था गंम्भीर छ । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्