विस्थापित परिवारलाई राहत खोई ?



 

निरन्तरको वर्षाका कारण विभिन्न क्षेत्रमा पहिरो खस्न थालेपछि तेह्रथुमका एक दर्जन बढी घर जोखिममा परेका छन्। पहिरोका कारण घर जोखिममा परेपछि म्याङलुङ नगरपालिकाको जिरीखिम्ती र सुर्केका केही परिवार विस्थापित नै भएको अवस्था छ। लगातारको वर्षा र पहिरोले घर बगाउने, पुर्ने जोखिम भएपछि घर छाडेर छिमेकीकोमा बसिरहेका म्याङलुङ जिरीखिम्तीवासीको पीडा दर्दनाक छ। यसमा सरकारको आँखा पर्न जरुरी छ।

निरन्तर वर्षापछि साबिकका मोराहाङ, श्रीजुङ, आम्बुङ, आङदिमलगायतका ठाउँमा पहिरोले स्थानीयलाई त्रसित बनाएको छ। वर्षाले म्याङलुङ–वसन्तपुर सडकखण्डको टुक्रे, जिरीखिम्ती, सुर्के, लसुने क्षेत्रका दर्जनौं ठाउँमा पहिरो खसेर सडक हिलाम्मे बनेको छ। सडक हिलाम्मेपछि यातायात सञ्चालनमा समेत समस्या भएको छ। बिहान यात्रामा निस्किएको यात्रु कुन बेला गन्तव्यमा पुगिन्छ भन्ने समेत टुंगो छैन यहाँ।

पहिरोका कारण म्याङलुङ बजारका लागि सञ्चालित खानेपानीका पाइपमा समेत क्षति पुगेको छ। बजारका लागि बिच्छ्याइएका पाइपहरू पहिरोका कारण चुँडिएपछि खानेपानीको समेत समस्या भएको छ। वर्षाले पिगुवा खोलामा पानीको बहाव बढे पनि कुलो पहिरोले पुरिएपछि समयमै धान रोप्नसमेत नपाएको अवस्था छ यहाँ। पहिरोले पिगुवा सिंचाइ कुलोको दर्जन बढी ठाउँमा पुरेपछि धान रोप्नसमेत पाइएको छैन। धान रोप्ने समयमा किसानहरू कुलो मर्मत गर्नमै व्यस्त भएका छन्।

जिल्लामा दुई महिनाअघि पहिरोकै कारण म्याङलुङ–५ आम्दिममा एकै घरका तीन जनाको मृत्यु भएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिरोबाट जोखिममा परेका गाउँका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको थियो। तर राहतका कार्यक्रम भने यहाँ आएका छैनन्। खाम्लालुङ, ह्वाकु, इवा, आङ्दिम र फुलेकसहित जिल्लाभरका १५ बढी बस्तीहरू पहिरोको उच्च जोखिममा छन्। सरकारले यो विषयमा छिट्टै सोचोस्। ठूलै दुर्घटना हुनबाट बचाओस्।

–सबिन मगर, तेह्रथुम

यातायात कहिले सुचारु हुन्छ ?
केही दिनयताको लगातार वर्षाका कारण गाईघाट–कदमाहा सडकखण्डमा पर्ने त्रियुगा नगरपालिका–६ स्थित जलजले खोलाको पक्की पुल भासिएको छ। एक सातायता केही घण्टाको फरकमा भइरहने वर्षाका कारण पिलरको जगको माटो बगेपछि पुल भासिन पुगेको छ। बाढीले पिलरको माटो खोतल्दै गएपछि पूर्वपट्टिको बिम पनि चर्किन पुगेको छ। ३ स्पानको उक्त पुलको पूर्वपट्टिको पिलरको जगको माटो बाढीले बगाएर पुल भासिँदै गएको छ। उदयपुर सिमेन्ट उद्योगद्वारा सञ्चालित उदयसी बोर्डिङ स्कुलको गेटअगाडि पुलको उत्तरपट्टि पिलर धस्सिदै गएपछि भासिन पुगेको र वर्षा निरन्तर भइरहे पिलर बगाउने खतरा रहेको छ। बाढीले पुललाई सपोर्ट गर्न बाँधिएको बाँधको स्पर पनि भत्काएर बाढीको मूल धार पिलरमा ठोक्किन जाँदा पिलर भासिन पुगेको अवस्था छ।

उक्त पुल उदयपुर सदरमुकामलाई सिराहा, सप्तरी हुँदै देशका मुख्य भागसँग जोड्ने प्रमुख माध्यम हो। २० वर्षअघि जापान सरकारले उदयपुर सिमेन्ट उद्योगको स्थापना गरिदिएपछि सदरमुकाममा पहिलोपटक सडक सञ्जाल जोडिने क्रममा सो पुल निर्माण भएको थियो। १६ वर्षअघि निर्मित पुल सडक डिभिजन कार्यालय लाहानअन्तर्गत निर्माण भएको हो। पुरानो हुँदै गएको र बाढीले निरन्तर माटो बगाउँदै गएकाले पुल भत्कने खतराबारे स्थानीयले सडक डिभिजन कर्यालय लाहानलाई जानकारी गराए पनि चासो नदिँदा आज पुल भासिएको हो।

बाढीले बर्सेनि कटान गर्दै आएको पाएपछि सडक डिभिजन कार्यालयलाई यसबारे जानकारी गराउँदै रोकथामका लागि अनुरोध गरे पनि वास्ता गरेको छैन। दिनहुँ हजारौं मालवाहक र यात्रुवाहक सवारीसाधन आउजाउ गर्ने पुल भासिने खतरा भएपछि सवारी चलाउन जोखिम बढ्दै गएको छ। दैनिक हजार पटकभन्दा बढी ठूला–साना सवारीसाधन सो पुल भएर आउजाउ गर्ने गर्छन् तर एक्कासी पुल भासिने खतरा बढेपछि अब विकल्प निकाल्नुपर्ने भएको छ। पुल भासिने भएपछि सो रुटका सवारीसाधन पुलको दक्षिणतर्फबाट खोलिएको उदयपुर सिमेन्ट उद्योगले प्रयोग गर्दै आएको घुमाउरो कच्ची सडक भएर आउजाउ गर्न थालेका छन्। यात्रुवाहक सवारीलाई धेरै समस्या नपरे पनि बिरामी बोक्ने एम्बुलेन्सलाई भने कठिनाइ परेको छ।

पुल भासिँदै गएको थाहा पाएपछि घुमाउरो र कच्ची सडक हिँड्नुपर्दा टेम्पो चलाउन पनि कठिनाइ भएको छ। गतवर्ष जलजले–भान्टाबारी खण्डको एउटा पुलछेउको जमिन यसरी नै बाढीले कटान गरेका कारण आवागमन साता दिनसम्म अवरुद्ध हुन पुगेको थियो। अहिले पनि त्यस्तै अवस्था दोहोरिने डर छ। यसलाई तत्काल मर्मत नगरे महिनौं दुःख पाउन सकिन्छ। पहिले उदयपुर सिमेन्ट उद्योगको जलजलेस्थित प्लान्टबाट जाल्पा चिलाउनेस्थित चुनढंगा खानी रहेको सिँधाली जाने खण्डको १ नम्बर पुलको दक्षिणी भागमा त्रियुगाको बाढीले जमिन कटान गर्दा आउजाउमा समस्या परेको थियो। उद्योगले तत्काल जाली भरेर मर्मत गरेपछि सडक सुचारु भएको थियो। यो पुलको पनि मर्मत–सम्भार गरेर छिट्टै सुचारु गरियोस्।

– सुधीर पन्थी, उदयपुर

स्थानीय तहका अधिकार

जनता र देशको हितमा काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई २२ वटा कानुन बनाउने अधिकार दिइएको छ। यी अधिकारभित्र भित्र यस्ता विषय छन्– महानगर, उपमहानगर, नगर र गाउँपालिकामा विकृति रोक्ने , कर्मचारीलाई विषयगत काममा राख्न पाउने , फो हो र व्यवस् थापन गर्न सडक–नाला, ढल निकास बनाउने , वनस् पति, रंगशाला, खे लमै दान, फलफूल पसल, तरकारी पसल अन्य बजार व्यवस् था गनेर् , विद्यालय, संघसंस् थाको  खालि जग्गामा तरकारी, फलफूल पसल राख्ने , स् वच्छ खाने पानी, ऊर्जाको  व्यवस् थापन मिलाउने छन्।

त्यसै गरी घर जग्गा नक्सापासको  दूरी हे री मापदण्ड बनाउने , सडक बाटो को  दूरीअनुसार चौ डा बनाउने , रिङरो ड छ भने  अझ फराकिलो  बनाउन कानुन बनाई लागू गनेर्  पनि पर्दर्छ। यसै गरी नगरक्षे त्रभित्र स् वीकृतिविना प्लटिङ गर्न रो क्ने , जथाभावी बस् ती बस् न नदिने , भूमिहीन सुकुम्बासी ने पाली नागरिक भएमा उनको  परिवार एकिन गरी खास सुकुम्बासीलाई प्रमाणपुर्जा दिलाई बसो बासको  व्यवस् था गर्ने, राष्ट्रिय जंगल, चुरे  भावरका जंगल एवं निकुञ्जमा पक्की घर हाली बसेकालाई मुआब्जा दिई हटाउने, आवश्यक पुलहरू निर्माण गर्ने, विषयगत विद्यालय खो ली शिक्षाको  व्यवस् था गर्ने आदि अधिकार पनि समेटिएका छन्। यी बुँदाका अधिकारलाई चाँडै  लागू गर्न सबै  स् थानीय तहका जनप्रतिनिधिलाई अनुरो ध गर्छु ।
– प्रेमबहादुर थापा, दाङ

प्रतिक्रिया दिनुहोस्