पार्टी पुटाएको भन्दै राप्रपाले सरकारको समर्थन फिर्ता लियो



नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै कमल थापा नेतृत्वको राप्रपाले सरकारको समर्थन फिर्ता लिएको हो ।

 

पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।
सत्ता पक्ष राप्रपा फुटाउन लागेको आरोप कमल थापा नेतृत्वको राप्रपाको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार मधेस समस्या समाधान गर्न उदासिन भएको, राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको आरोप पनि राप्रपाले लगाएको छ ।

नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको राप्रपाले दावि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्