गाईजात्रा



 

घुमिफिरी फेरि आइपुगेको छ गाईजात्रा। देश गाईजात्रा पर्वमा रमाइरहेको छ। तर असली गाईजात्रा हिजोआज हरेक क्षेत्रमा देख्न पाइन्छ नेपालमा। कहाँमात्र छैन गाईजात्रा। सबैतिर गाईजात्रै गाईजात्रा। राजनीतिको गाईजात्रा, भ्रष्टचारीको गाईजात्रा, सडकमा गाईजात्रा, सत्ताको गाईजात्रा अनि स्वार्थको गाईजात्रा। यही जात्रैजात्राका बीचमा रुमल्लिएको नेपालको वर्तमान अवस्थालाई नियाल्ने हो भने देश साँच्चिकै गाईजात्रामय नै भएको छ।

राजनीतिक अस्थिरता, स्वार्थको राजनीति, अर्बौं रुपियाँ भ्रष्टाचार, देशका सडकहरूको दूरावस्था राजधानीको धूलो र खाल्डाखुल्डी, कमिसनतन्त्र र शक्तिको होडबाजीले गर्दा देशमा धेरै नै अस्थिरता र भाँडभैलो मच्चिएको अवस्था छ।

यी र यस्ता अनेकौं समस्याबाट गुज्रिरहेका नेपालीको दयनीय अवस्था देखर विचरा धरहरालाई आजमात्र होइन धेरै समयदेखि ‘टेन्सन’ नभएको होइन।

देशका समस्यालाई ‘साइड’मा राख्ने स्वार्थी नेताको कारण जनताले पाएको दुःख टुलुटुलु हेर्न विवश छ धरहरा। यस्ता नेताहरूले गर्दा नै अनाहकमा नेपालीहरू मर्नु परिरहेको सत्यता पनि हामी माझ छ। गाईजात्राको अवसरमा नेताहरूलाई सद्बुद्धि पलाओस् र देशमा साँच्चिकै गाईजात्रा नहोस् भन्ने धरहराको शुभकामना।

प्रतिक्रिया दिनुहोस्