मेक्सिकोको समुद्री तटमा गोली चल्यो



 

मेक्सिको सिटी, (एजेन्सी)
उत्तरपश्चिमी मेक्सिकोको सान जोस डेल क्यावोस्थित अत्यन्तै लोकप्रिय समुद्री तटमा बन्दुकधारीहरूले तीन जना व्यक्तिलाई गोली हानी मार्नुका साथै अन्य दुई जनालाई घाइते बनाएको प्रहरीले सोमबार जनाएको छ।

सरकारी अधिकारीहरूले ती स्वचालित हतियार बोकेका अज्ञात व्यक्तिहरूले बाजा क्यालिफिोर्निया सुर राज्यमा रहेको उक्त तटमा रुखमुनि बसिरहेका पुरुषहरूमाथि एक्कासी आक्रमण गरेको बताएका छन्।

यस घटनालाई लिएर कसैलाई पक्राउ गरिएको छैन। गोली चल्दा त्यहाँ बसिरहेका पर्यटकहरूको भागाभाग भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। केही महिनायता मेक्सिकोमा हिंसात्मक घटना निकै बढ्न थालेको छ।

घाइते भएका एक जना पुरुष र एक महिलालाई नजिकको अस्पतालमा लगिएको छ। उक्त क्षेत्रलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो। मृतकको सनाखतका लागि डीएनए परीक्षण गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्