उत्तर कोरिबाट नयाँ नाकाबन्दीको विरोध



 

प्योङ्याङ, (एजेन्सी)
उत्तर कोरियाले सोमबार आफ्नो प्रतिबन्धित आणविक हतियार कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघको नयाँ नाकाबन्दीका लागि मस्यौदा तयार गरेकाले अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने र त्यसको प्रतिकार गरिने प्रतिबद्धता जनाएको छ। उत्तर कोरियाली सरकारी समाचार निकाय केसीएनएले भनेको छ– ‘शनिबार संयुक्त राष्ट्रसंघले सर्वसम्मतरूपमा पारित गरेको यस नाकाबन्दीले हाम्रो सार्वभौमको हिंसात्मक उल्लंघन गरेको छ।’

तर, दक्षिण कोरियाले उत्तरले पुनः वार्ताका लागि राखिएको प्रस्ताव अस्वीकार गरेको जनाएको छ। यस पछिल्लो नाकाबन्दीको लक्ष उत्तर कोरियाको निर्यात राजस्व एक तिहाइले घटाउनुरहेको बताइएको छ।

उत्तर कोरियाले पटक–पटक क्षेप्यास्त्र परीक्षण प्रक्षेपण गरेर कोरियाली प्रायद्विपमा तनाव सिर्जना गरेपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सर्वसम्मतले नाकाबन्दीका लागि निर्णय गरेको हो। सोमबार सो कदमप्रति आफ्नो पहिलो प्रतिक्रिया जनाउँदै उत्तर कोरियाले आफ्नो विवादस्पद आणविक हतियार विकास कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

केसीएनएले उत्तरले अमेरिकाबाट खतराको महसुस भइरहेसम्म आफ्नो प्रतिरक्षाका लागि यो कार्यक्रम नछोड्ने जनाएको छ। आइतबार फिलिपिन्सको राजधानी मनिलामा आयोजित क्षेत्रीय मञ्चको बैठकमा उत्तर र दक्षिण कोरियाली विदेशमन्त्रीबीच संक्षिप्त भेटवार्ता भएको थियो। आसियान फोरमको उक्त बैठकमा अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्