टोखामा चण्डेश्वरीको मन्दिर संरक्षणको पहल



 

नेपाल समाचारपत्र
काठमाडौं
१८औं शताब्दि अगाडिदेखि नै व्यापक प्रचार भई विकसित टोखाको अष्टमात्रिकामध्येको एक धार्मिक, पुरातात्विक, पवित्रस्थल तथा श्रीस्वस्थानी व्रतकथामा दक्ष प्रजापतिले होम गरेको ३३ कोटी देवता रहेको चण्डेश्वरी मन्दिर वरपर रहेका भौतिक संरचना हटाउने काम मन्दिरका पुजारी र चण्डेश्वरी निर्माण तथा संरक्षण समितिको पहलमा भइरहेको छ।

श्रीस्वस्थानी व्रतकथा महात्म्यमा महादेव र दक्ष प्रजापतिका सेनाबीच घमासान युद्ध हँुदा दक्ष प्रजापतिको शीर छेदन भएको र सतीदेवी होममा होमिएर आत्मदाह गरेकाले महादेव अलापविलाप गर्दै सतीदेवीको लास बोकर जानेक्रममा यस स्थानमा सतीदेवीको मुख पतन भएको जनविश्वास रहँदै आएको छ। जसले गर्दा चैत मसान्तमा वागमती खोलाको मुहान वागद्वार मेलामा आउने भक्तजन फर्किने क्रममा चण्डेश्वरी हुँदै दर्शन गरेर सपनतीर्थमा स्नान गरी घर जाने परम्परा रहीआएको छ। त्यही दिनदेखि वैशाख ४ गतेसम्म टोखाकी जीवित देवी गणेद्यो र कुमारीलगायत क्ये गणेद्यो, गणेद्यो, पिथगनद्यो, ससमाद्यो र महाद्योको टोखाबासीले धुमधामसँग जात्रा मनाउँदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्