गम्भीर बन्दै डा.केसीको स्वास्थ्य स्थीती,महत्वपूर्ण अंगमा कुनै पनि बेला जोखिम आउन सक्ने



भगवती तिमेलसीना,काठमाडौ ।

१५ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। अनशनका कारण शरीर कमजोर र गल्दै गएकाले डा. केसीको मिर्गौला, कलेजो, मुटु, फोक्सोजस्ता महत्वपूर्ण अंगमा जुनसुकै बेला गम्भीर खतरा आउने सम्भावना बढेको छ।

डा. केसीको शरीरका महत्वपूर्ण अंग सञ्चालनमा आवश्यक पर्ने इलेक्टोलाइडको मात्रा घटेको छ। उहाँको शरीरमा जतिबेला पनि खतरा हुन सक्ने अवस्था आइसकेको र शरीरमा इलेक्टोलाइड, अक्सिजनको मात्रा कम हुँदै गइसकेको नियमित रुपमा उहाँको स्वास्थ जाँच गराउने डाक्टरहरुको् भनाई छ ।

साथै डा. केसीको रक्तचाप पनि निकै तल झरिसकेको छ। डा. केसीको शरीरमा सुगर र सेता रक्तसेलको मात्रा पनि घट्दै गइरहेको पनि उनिहरुले बताएका छन्

प्रतिक्रिया दिनुहोस्