वर्तमान सरकार निर्लज्ज : एमालेका ओली



भद्रपुर (ने.स) । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्लज्ज रहेको बताएका छन् । साना स्वाथ्र्यका लागी गैरजिम्मेवार ढङ्गले मान्छे उचाल्ने काम माओवादी केन्द्र र काँग्रेसले गरेको उनले आरोप लगाए । हालै सम्पन्न दोस्रो तहको निर्वाचनवाट प्रदेश नम्बर १ का निर्वाचित जनप्रतिनिधीलाई मंगलवार इलाममा हुने दुइ दिने प्रशिक्षणको कार्यक्रमलाई सम्बोधन गर्न सोमवार झापाको भद्रपुर आएका अध्यक्ष ओलीले प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार साक्षात्कार कार्यक्रममा यस्तो बताएका हुन् ।

बर्तमान सरकारले राज्य सत्ताको चरम दुरुपयोग गरी न्यायालय,संविधान बिरुद्ध उदण्ड,आइजीपी प्रक्रिया लगायतको वेथिती गरि लोकतन्त्रको मुल्य र मान्यतालाई विर्सिएको बताएका छन् । ‘गोपी कृष्ण कहो’को सुगा रटाइको संज्ञा दिदै ओलीले हालको सरकार जुन बेला जहावाट पनि संविधान संसोधन मात्र रट्ने गरेको उल्लेख गरे । सडकको खाल्डा खुल्डी पुर्न छोडेर संविधान संसोधन भनी हिड्नु आश्चर्य लागेको बताउदै जस्ले वनायो उसैले संसोधन गर्न नपाइने उल्लेख गरे । संसोधन गर्नै परेमा भोली आउने संसदले गर्ने उनको धारणा थियो । निर्वाचनको समयमा आएर संसोधन गर्ने छलफलमा एमालेलाई फुर्सद नभएको उनको धारणा थियो ।

उनले अर्को प्रशंगमा भने अव हुने तेस्रो चरणको निर्वाचनमा राजपालाई पाखा लगाएर सत्ता पक्षको हातमा भोट आउने चलखेल भइरहेपनि २ नम्बर क्षेत्रवाट पनि एमालेको बहुमत आउनेमा कुनै शंका नगर्न उनले प्रष्ट पारे । सम्पन्न निर्वाचनवाट ४५ प्रतिशत एमालेको पक्षमा सफलता आएको बताए । एमालेको जितको अन्तिम चरणमा आएर ‘हस्तिनापुरमा सकुनीलाई पछारेको जस्तो’ गरेर नौ हप्ता लगाएर भएपनि एमालेलाई हराउने गरि पुन मतदानको मन्चन गर्नु एउटा उदाहरण मात्र भएको बताए ।

अदालतको फैसला मान्नै पर्ने भइ इमान्दारिताले नभई राजनैतिक परिणाम स्विकार्न बाध्य बनाएको उल्लेख गरे । भित्र र वाहिरकाले न्याय विरोधी अलोकतान्त्रिक क्रियाकलाप गरेपनि एमाले वैचाारिक,सांगठानिक,जनहिषाव लगायतले प्रमुख पार्टीनै हुने उनको बुझाई थियो । हुदै नभएका क्रियाकलापलाई सामाजिक सञ्जाल मार्फत गलत प्रचार गर्ने एमालेको सिद्धान्तले नदिने भन्दै एमाले फेस बुके पार्टी नभएको उल्लेख गरे ।

अव देश एमालेको जिम्मामा रहेकोले कसैको कुरालाई पर्खेर समय खेर नफाली देशलाई अगाडि बढाउने उनको भनाई थियो । झापामा रहेका १५ ओटा स्थानीय तहमा विभिन्न पदमा गरि ७ ओटा मात्र तह आएकोले एमालेको निम्ति परिणाम उपयुक्त नभएको उल्लेख गर्दै अवका दिनमा सजग हुन सवैलाई अनुरोध गरेका थिए ।

त्यसै गरि महासचिव इश्वर पोखरेलले अगाडि बढेको एमाले बिरुद्ध घृणित महागठबन्धन भएको बताए । ६ ओटा प्रदेशमा देखिएको गठबन्धन २ नम्बरमा पनि देखिन थालेको पोखरेलले उल्लेख गरे । संविधान कार्यान्वयनको पहिलो काम स्थानीय तहको निर्वाचन गरि केन्द्रको अधिकार स्थानीय स्तरमा ल्याउनेमा एमालेको प्रमुख भुमिका रहेको उनको भनाइ छ । निर्वाचनलाई ‘टार्ने र सार्ने’का बिरुद्ध एमाले उत्रेको बताउदै बहुमत नआएसम्म देशले कोल्टे नफेर्ने भएकोले प्रदेश २ को निर्वाचनपछि एमाले ठुलो पार्टी हुने उनको धारणा थियो ।

प्रेस चौतारीका अध्यक्ष मुक्ती पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्य,बैकल्पिक सदस्य,पुर्व मन्त्री,पार्टी प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्