जहाँ रातभर हुन्छ हात्तीको ताण्डव !



कृष्णउदास खनाल, वीरगन्ज ।  पर्साको सुदुरउत्तरी ठोरीका स्थानीयहरु रातभर जाग्राम बस्न बाध्य भएका छन् । जंगली जनावरहरुको आतंका कारण उनीहरु रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।

‘मानो रोपेर मुरी फलाउने’ यो समय दिनभर खेतबारीमा समय बिताउँछन् । खेतबारीको काम गरेर थकित शरीर सिरानीमा अडेस लगाउन समेत भ्याउँदैनन् ।

गाउँलेहरूको कोलाहल शुरु हुन्छ । टर्चको उज्यालो अँध्यारो रात चिर्दै यताउता झल्याकझुलुक देखिन्छ । टीन, जस्ता, थालका आवाज सुनिन थाल्छ । सबै आआप्mनो घरको चोटामा बसेर ज्यानको सुरक्षा गर्दै होहल्ला गर्छन् । यसको कारण हो चितवन राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्ती ।

“साँझ पर्नासाथ हात्ती गाउँ पस्छ, स्थानीय रामप्रसाद ढुं्रगानाले भने । त्यसपछि यहाँका बासिन्दामा आतङ्क सिर्जना हुन्छ । घरको चोटामा बसेर टर्च हल्लाउँदै, टीन ठटाउँंदै होहल्ला शुरु हुन्छ । स्थानीयको यस्तो क्रियाकलापले हात्तीलाई खासै असर पर्दैन । अटेर गरेर उसले चाहेको गर्छ र अर्को घरको खोजीमा हिंडछ ।

हात्तीले बस्नै गा¥हो पारेको स्थानीयहरु गुनासो गर्दछन् । दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायलाई गुनासो गर्दा उल्टै जङ्गली जनावरको बासस्थान नजिक बस्दा यस्तै हुन्छ भनेर टार्ने गरेको स्थानीय जगेन्द्र पौडेलको छ । पौडेलको त हात्तीले मकैबाली पुरै माड्यो । रातभर करायौं, हात्तीले टेरपुच्छर लाएन, पौडेल भन्छन् ।  क्षतिपूर्ति पाउने कुरा टाढै छ, सर्वसाधरणले क्षतिपूर्ति पाउने प्रक्रिया पु¥याउँदा पु¥याउँदै वर्षौं बित्छ ।

हात्तीले क्षति पु¥याएकोबारे अनभिज्ञ भने सम्बन्धित निकाय छैन । तर सुनेको नसुनैे गर्छ स्थानीयको आक्रोश छ । महिनौ भयो, हात्तीको आतङ्क बेहोरेको । समाधान खोज्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख कानमा तेल हालेर बसेको आरोप स्थानीयको छ । हात्तीलगायत जङ्गली जनवरले आतङ्क मचाउने कोर एरिया नै मान्नुपर्छ ठोरीलाई ।

जङ्गली जनावरलाई कुनै कारणले सामान्य क्षति पुग्यो कि कसराको टोली तुरुन्त आइपुग्छ । तर जङ्गली जनावरले मानवीय क्षति पु¥याउँदा भने आलटाल गर्छ, स्थानीय अनन्त श्रेष्ठ बताउँछन् ।ठोरीमा  हात्तीले मात्र यो वर्ष दुई दर्जनभन्दा बढी स्थानीयको घरगोठ भत्काइसकेको छ । धान, मकैलगायत अन्नपातको त कुनै लेखाजोखा छैन। हात्तीले विशेषगरी ठोरीको रोजीनगर, सरस्वती नगर, हनुमाननगर, गौतमनगर, बाँडागाउँ र बिच्छानगरमा बढी सताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्