वेट्रेसको काम गर्थिन् ज्याकलिन



 

मर्डर २, हाउसफुल २, रेस २, किक, ढिसुमजस्ता थुप्रै हिट फिल्मकी नायिका, मोडल तथा सन् २००६ कि मिस युनिभर्स श्रीलंका विजेता अभिनेत्री ज्याकलिन फर्नाडिजले हालै आफ्नो एक फोटो इन्स्टाग्राममा शेयर गर्दै विगत खुलाएकी छिन्।

ज्याकलिनले उक्त फोटोसँगै आफ्नो विगतको बारेमा खुलासा गरेकी हुन्। उक्त फोटोमा उनी कम्युटरमा काम गर्दै गरेको देखिन्छिन्। उक्त फोटोमा उनले लेखेकी छिन्– ‘म एक क्याफेमा पार्टटाइम वेट्रेसका रूपमा काम गर्थें। त्यो बेला म १४ वर्षको थिएँ। पुरानो याद सामने आइरहेको छ। के म तपाईंको अर्डर लिन सक्छु ?’
हाल बलिउड फिल्ममा व्यस्त श्रीलंकन मूलकी उनी २००९ मा भारतमा मोडलिङका क्रममा अलादिन नामक हिन्दी नाटकका लागि सफल अडिसन दिएकी थिइन्। ज्याकलिनले उक्त नाटकबाट नै बलिउडमाडेब्यु गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्