सृष्टि नेपाल्स नेक्स्ट सुपर मोडल



 

 

राजधानीमा शनिबार सम्पन्न सौन्दर्य प्रतियोगितामा सृष्टि तामाङले नेपाल्स नेक्स्ट सुपर मोडल–२०१७ को उपाधि चुमेकी छन्। दोस्रो संस्करणमा आफ्ना २९ प्रतिपस्र्धीलाई पछि पार्दै सृष्टिले नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि चुमेकी हुन्। उनले ताजसँगै नगद तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। आरएनआर ग्रुपद्वारा आयोजित यस संस्करणमा दिव्या थापा फस्ट र रिजिन तामाङ सेकेन्ड रनर्सअप भए।

अधिवक्ता लक्ष्मण महर्जन, ब्युटिसिययन एसोसिएसनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, हिमालय एयरलाइन्सका उज्वला दली, फोटोग्राफर राजभाइ सुवाल, फ्लाइटेकका सीईओ नाजिर हुसैन, पत्रकार डब्बु क्षत्री र मोडल विपना थापा निर्णायक रहेको प्रतियोगितामा पल्लवी श्रेष्ठ बेस्ट बडी, कस्मिता वज्राचार्य मिस पपुलर, प्रज्ञा तिवारी भिवर्स च्वाइस र मल्टिमिडिया तथा मन्दिरा राज्यलक्ष्मी शाह बेस्ट वाक भए। त्यस्तै, आशिका मगर फोटोजेनिक, दृष्टि मानन्धर बेस्ट स्किन, दिव्या थापा मिस पर्सनालिटी, करणा क्षत्री बेस्ट हेयर, प्रदीप्ति अर्याल मिस कन्जिनियालिटी र दावा जाङ्मु लामा बेस्ट स्माइल भए। प्रतियोगीहरू इन्टरनेसनल बागबजारस्थित इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी आईआईएफटीका विद्यार्थीले तयार पारेका पहिरनमा स्टेजमा उत्रिएका थिए। हालै सञ्चालनमा आएको आईआईएफटीमा ८१ जना विद्यार्थी डिजानिङ कोर्स गरिरहेका छन्।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न नेपाल्स नेक्स्ट सुपर मोडल प्रतियोगिता कार्यक्रममा गायक सुसन साम्सोहाङ लिम्बु र दीपा लामाले सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्