पशुपति शमशेरले राप्रपा फुटाए, २२ जना सासंदको साथमा नयाँ पार्टी दर्ता, राणा नेतृत्वको समुह सरकारमा जाने



 

नेपाल समाचारपत्र, काठमाण्डौ । सरकारमा सहभागि हुने विषयमा विवाद हुँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः फुटेको छ । राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबराले अलग भएको घोषणा गर्दै पार्टी फुटाएका हुन् ।

पशुपति शमशेरले २२ जना सासंद लिएर नयाँ पार्टी दर्ता गराएका छन् । राणाले आइतबार ४० प्रतिशत केन्द्रिय सदस्यसहित अलग्गै पार्टी दर्ता गराएका हुन् । राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको नाममा नयाँ दल दर्ता गराएका हुन् ।

राणा नेतृत्वको समुह अब सरकारमा जाने बताइएको छ ।
विगतदेखि नै फुट्दै जुट्दै आएको राप्रपा अन्ततः पुनः फुटेको हो । केही समयअघि मात्रै कमल थापासँग एकता गरेका राणाले सरकारमा सहभागि हुने विषयमा असन्तुष्टी जनाउँदै आएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता घोषणा गर्दै नेताहरुले एकीकृत पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदघोष गरेका थिए ।

पशुपति शम्शेर राणाले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले नेतृत्वदायी भूमिका गर्ने बताएका थिए । आगामी दिनमा उनले हिन्दुराष्ट्रको एजेण्डा अघि सार्ने अनुमान गरिएको छ ।

राप्रपा पहिलेदेखि नै सुर्यबहादुर थापा र लोकेन्द्रबहादु चन्दको चपेटामा पर्दै आएको थियो । अहिले राणा र थापाको लडाईमा राप्रपा फसेको छ ।

प्रतिक्रिया दिनुहोस्