कार्यलयमै कर्मचारीले गरे आत्महत्या



नेपाल समाचारपत्र,सर्लाही ।
सर्लाहीमा एक कार्यलयका कर्मचारीले आइतबार बिहान कार्यलयमै झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविनकुमार चौधरीले आत्म हत्या गरेका हुन् ।

सर्लाही बबरगंज २ बस्ने २८ वर्षीय चौधरी सात महिना अघिमात्र जागिरमा प्रवेश गरेका थिए । मृतक चौधरी केही दिनदेखि डिप्रेशनको रोगी रहेको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख हरिशचन्द्र साहले बताए ।

उनी काठमाडौंमा उपचार गराएर औषधी समेत सेवन गर्दै आएका थिए । साहले चौधरीले आत्महत्या गर्नुको कारण आफुहरुलाई थाहा नभएको बताए ।

यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्