शिक्षिकाको यौन उन्माद, विद्यार्थीसँग प्लेनमै सेक्स



सेक्सको विषयलाई लिएर विश्वभर नै बेलाबेलामा विभिन्न काण्डले तहल्का मच्चाउने गर्छ । चाहे ति सेलिब्रेटी हुन् वा सामान्य । यस्तै एउटा काण्ड अहिले चर्चामा आएको छ ।

एक शिक्षिका प्लेनको ट्वाइलेटमा एक विद्यार्थीसँग सेक्स गरिरहेको अर्को काण्ड सार्वजनिक भएको छ । यो घटना हो इङ्ग्ल्याण्डको । २८ वर्षकी एलीनोर विल्सन फिजिक्सकी मास्टर हुन् ।

उनले प्लेनमा आफूले पढाउने विद्यार्थीसँग मादक पदार्थ खाएको र उनीहरुले ट्वाइलेटमा गएर सेक्स गरेको खुलेको हो । विद्यार्थीहरु शैक्षिक भ्रमणमा गएर फर्किँदा यस्तो घटना भएको हो ।

घटना यसरी बाहिरियो
सेक्स गर्ने विद्यार्थीले आफ्नो मिल्ने साथीलाई कुरा खोले । त्यसपछि एकान दुईकान हुँदै स्कुलभरी हल्ला फैलियो । त्यसपछि ति शिक्षिकासँग केही विद्यार्थीले सेक्सको प्रस्ताव गर्दै धम्क्याए पनि । त्यसपछि घटना बाहिरियो । घटना बाहिर आएपछि स्कुलले छानवीन समिति बनायो ।

त्यो समितिले भ्रमणमा गएका विद्यार्थीहरुसँग उनीहरुको व्यवहार र गतिविधिबारे सोधपुछ गर्यो । त्यसबेला दुबैले होस गुमाउने गरी मादक पदार्थ सेवन गरेको र सेक्स गरेको भनेर केही प्रमाणहरु भेटिए ।

ति शिक्षिकाले सेक्स गरेका विद्यार्थीसँग पहिला देखि नै प्रेम सम्बन्धमा रहेको र स्कूलभन्दा बाहिर भेट्ने भनेर एसएमएस पनि आदानप्रदान हुने गरेको रहस्य फेला पर्यो ।
तैपनि विल्सनले भने आफूमाथिको आरोपलाई अस्विकार गर्दै आएकी छिन् । निकै राम्रो पढाउने शिक्षिकाका रुपमा परिचित विल्सनलाई अन्ततः विद्यालयले कारवाही गर्यो र पढाउन नदिनेगरी विद्यालयबाट निकाल्यो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्