चार बालिका मृत्यु प्रकरण: शव सडकमा राखेर परिवार विरोध प्रदर्शनमा



सञ्जय कार्की,रौतहट ।

खाल्डोमा जमेको पानीमा डुबेर शनीबार रौतहटमा चार जना बालिकाको मृत्यु भएको छ ।

घरमा पालेको चौपाया बस्तुको लागि खेतबारीमा घास काटेर घर फर्कने क्रममा गरुडा नगरपालिका स्थित सडक पेटीमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर सोही नगरपालिका निबासी १२ बर्षिय संगिता कुमारी साह, ९ बर्षिय सुनिता साह, ९ बर्षिय सुनैना साह, र ९ बर्षिय सुस्मिता साहको मृत्यु भएको होे ।

डिभिजन सडक कार्यालय बाट निर्माणधिन गरुडा नगरपालिका स्थित इलाका प्रहरी कार्यालय भन्दा पुर्वमा रहेको ग्रामिण सडक बाटोको छेउमा खनिएको खाल्डोमा डुबेर ती बालबालिकाको मृत्यु भएको भनिएको छ ।

पीडित परिवारले सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीको कारण बालिकाहरुको मृत्यु भएको भन्दै क्षतिपूर्ति माग गरेका छन्। पीडित परिवारले दोषीलाई कारबाहीको माग समेत गरेका छन्।

आफ्ना माग पूरा नभएसम्म बालिकाको अन्तिम सस्कार नगर्ने र प्रर्दशन जारी राख्ने उनीहरुले बताएका छन्। प्रर्दशनको कारण सवारी आवागमन र बजारक्षेत्र प्रभावित बनेको छ।

सडक बनाउनको लागि बाटोको दुबै पटि माटो खनेर खाल्डो बनाईदिने र सो खाल्डो नपुरिदिएका कारण बालबालिकाको अकालमै मृत्यु हुने गरेको छ । चार जना बालिकाको मृत्यु भएपछि स्थानीयबासिन्दाहरु डिभिजन सडक कार्यालयका कर्मचारी र ठेकदार संग आक्रोशित भएका छन ।

ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार मृत्यु भएको चारै जना एकाघरका रहेका छन । उनीहरु तीन दाजुभाईका चार छोरी हुन ।

प्रहरी कार्यालय नजिकै भएको घटनामा समेत प्रहरीले उद्धार गर्न ढिलाई गरेको स्थानीयले आरोप लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्