सडक निर्माण गर्ने क्रममा खनिएको खाल्डोमा डुबेर एकै घरका ४ बालिकाको मृत्यु,दोष कसलाई



सञ्जय कार्की,रौतहट ।

खाल्डोमा जमेको पानीमा डुबेर शनीबार रौतहटमा चार जना बालिकाको मृत्यु भएको छ ।

घरमा पालेको चौपाया बस्तुको लागि खेतबारीमा घाँस काटेर घर फर्कने क्रममा गरुडा नगरपालिका स्थित सडक पेटीमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर सोही नगरपालिका निबासी १२ बर्षिय संगिता कुमारी साह, ९ बर्षिय सुनिता साह, ९ बर्षिय सुनैना साह, र ९ बर्षिय सुस्मिता साहको मृत्यु भएको हो ।

डिभिजन सडक कार्यालय बाट निर्माणधिन गरुडा नगरपालिका स्थित इलाका प्रहरी कार्यालय भन्दा पुर्वमा रहेको ग्रामिण सडक बाटोको छेउमा खनिएको खाल्डोमा डुबेर ती बालबालिकाको मृत्यु भएको हो ।

सडक बनाउनको लागि बाटोको दुबै पटि माटो खनेर खाल्डो बनाईदिने र सो खाल्डो नपुरिदिएका कारण बालबालिकाको अकालमै मृत्यु हुने गरेको छ । चार जना बालिकाको मृत्यु भएपछि स्थानीयबासिन्दाहरु डिभिजन सडक कार्यालयका कर्मचारी र ठेकदार संग आक्रोशित भएका छन ।

ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार मृत्यु भएको चारै जना एकाघरका रहेका छन । उनीहरु तीन दाजुभाईका चार छोरी हुन ।

प्रहरी कार्यालय नजिकै भएको घटनामा समेत प्रहरीले उद्धार गर्न ढिलाई गरेको स्थानीयले आरोप लगाएका छन ।

चारै जना बालिकाको पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा शब पुरयाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्