लोकतन्त्र खतरामा ?



 

पहिला पहिला दलका नेता र कार्यकर्ताले प्रजातन्त्र अर्थात् लोकतन्त्र खतरामा छ भन्ने गर्थे। समयअनुसार त्यतिबेला कहिले राजाबाट ती दुवैलाई खतरा भनियो त कहिले विद्रोहीबाट।

अहिले लोकतन्त्रको मूल आत्माको रूपमा लिइने मतदान र मतपत्र नै खतरामा परेर त्यसलाई तस्वीरमा देखाएअनुसार बार लाउनुपर्ने अवस्था सिर्जना भएको छ। अहिले त लोकतन्त्र राजाबाट खतरा भन्न पनि मिलेन। दलका नेता र कार्यकर्ताबाट खतरा छ त झन् भन्नै मिलेन। किनकि उनीहरु आफूलाई लोकतन्त्रका पर्याय नै भन्ने ठान्छन्।

अब मतपत्र च्यात्नेलाई के भन्ने होला ? बडो अप्ठेरो अवस्था देखियो है पाठकवृन्द। पुकदा, शेबदे वा केपी ओलाई पो थाहा छ कि ? थाहा भए खुसुक्क भन्दिनुभएमा यो धरहरा आभारी हुने थियो।

 

प्रतिक्रिया दिनुहोस्